शाहिदको पारिश्रमिक बढ्यो


३१ असार २०७६, मंगलवार
shahid

काठमाडौं, ३१ असार । यो वर्षकै ब्लकबष्टर फिल्म ‘कबिर सिंह’ को सफलतापछि अभिनेता शाहिद कपूर अहिले चर्चामा छन् । यो फिल्मलाई शाहिद कपूरकै करियरको सबैभन्दा ठूलो सफलताको रुपमा समेत लिइएको छ ।

‘कबिर सिंह’ को सफलतासंगै अभिनेता कपूरले आफ्नो पारिश्रमिकको दर समेत बढाएका छन् । हालै एउटा समाचारमा जनाइए अनुसार अभिनेता कपूरले आफ्नो पारिश्रमिक ३ करोड भारुबाट बढाएर ३० करोड भारु र्पुयाएका छन् । त्यसो त कबिर सिंहलाई शाहिदको पहिलो सोलो हिट फिल्म समेत मानिएको छ । यो फिल्मले सोचे भन्दा बढि सफलता हासिल गरेको हो । उनी बलिउडकै हट प्रोपर्टी बन्न पुगे । उनलाई यतिबेला नयाँ नयाँ फिल्मका साथै विज्ञापनहरुबाट समेत प्रस्तावहरु आउन थालेका छन् ।

फिल्मका लागि त उनले आफ्नो पारिश्रमिक ३० करोड भारु बताइसकेका छन् । कबिर सिंहका लागि उनलाई ३ करोड भारु पारिश्रमिक दिइएको थियो । करिब सिंहको सफलतासंगै उनले आफ्नो पारिश्रमिकको दर बढाएका हुन् । तर, वास्तविकता के छ भने शाहिदले आफ्नो पारिश्रमिकको दर बढाए पनि निर्माताहरुले भने त्यति ठूलो रकम दिन चाहिरहेका छैनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७