नेकपामा महिला : १० महिला इञ्चार्ज, ३० सह-इन्चार्ज {सूचीसहित}


५ श्रावण २०७६, आईतवार
nepal cominislist party office

काठमाडौं, ५ साउन :  सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले जिल्ला इञ्चार्ज र सह–इञ्चार्जको टुंगो लगाएको छ । ७७ जिल्ला र ६ महानगरलाई समेत जिल्लाकै मान्यता दिदै ८३ इञ्चार्जसहित सह–इञ्चार्जको टुंगो लगाएको छ ।

आइतबार ( २०७६ साउन ५) अध्यक्षद्वय केपी शर्मा ओली र कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको नेकपाको केन्द्रीय सचिवालयको २७औं बैठकले इञ्चार्ज र सह–इञ्चार्जको निर्णय गरेको हो । नेकपा सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार ७७ जिल्ला र जिल्ला कमिटीकै मान्यता प्राप्त ६ वटा महानगरपालिकामा इञ्चार्ज र सहइञ्चार्ज तोक्ने निर्णय भएको बताए ।

नेकपाको ८३ इन्चार्जमा १० जना महिला परेका छन् । तेह्रथुममा जयन्ती राई, रसुवामा विमला सुवेदी, दोलखामा देवी खड्का, काठमाडौंमा सावित्रा भुषाल, स्याङ्जामा पद्मा अर्याल, बाग्लुङमा वलावती शर्मा, मुस्ताङमा श्रीमाया थकाली र कैलालीमा रुपा चौधरीले इन्चार्जको जिम्मा पाएका हुन् ।
यसैगरी भरतपुर महानगरपालिकामा रेणु दाहाल र ललितपुर महानगरपालिकामा शुशिला नेपालले इन्चार्जको जिम्मेवारी पाएका छन् । यसैगरी ३० जना नेतृहरुले सहइन्चार्जको जिम्मेवारी पाएका छन् ।

ईञ्चार्ज
१) जयन्ती राई
२) विमला सुवेदी
३) देवी खड्का
४) साबित्रा भुसाल
५) रेणु दाहाल
६) शुशीला नेपाल
७) पद्मा अर्याल्
८) रुपा चौधरी
९) श्रीमाया थकाली
१०) बलावती शर्मा


सह–इन्चार्ज
१) धर्मशीला चापागाई
२) दुर्गा जयन्ती राई
३) समिता कार्की
३) मञ्जु कुमारी चौधरी
४) रामरतीदेवी राम
५) सिता पोख्रेल
६) बोधमाया कुमारी यादव
७) कमलादेवी महता
८) कल्याणी कुमारी खड्का
९) सरला कुमारी यादव
१०) ज्वालाकुमारी शाह
११) गंगाकुमारी बेलवासे
१२) ज्ञानु बस्नेत सुवेदी
१३) कुमारी मोक्तान
१४) रचना खड्का
१५) उमादेवी कोइराला
१६) अञ्जना विसंखे
१७) पार्वती थापा
१८) सुशीला सिम्खडा
१९) आसा कोईराला
२०) सिता गिरी
२१) शारदा सुवेदी
२२) मनाकुमारी जिसी केसी
२३) विमला घिमिरे
२४)सुशीला श्रीपाईली ठकुरी
२५) दामाकुमारी शर्मा पोख्रेल
२६) शान्ता चौधरी
२७) रेणु चन्द
२८) मदनकुमारी (गरिमा) शाह
२९) लिलाकुमारी भण्डारी
३०) गौरी ओली

 

मन्त्री र मुख्यमन्त्रीसमेत जिल्ला इन्चार्ज

नेकपाले सङ्घीय सरकारका मन्त्री तथा प्रदेश सरकारका मुख्यमन्त्री एवम् मन्त्रीलाई समेत जिल्ला इन्चार्ज तथा सहइन्चार्जको जिम्मेवारी दिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा काभ्रेपलाञ्चोक जिल्लाको इन्चार्ज जिम्मा पाएका छन् । यस्तै भूमिव्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्याल स्याङ्जा जिल्ला इन्चार्जको जिम्मा पाएकी छिन् ।

यस्तै कृषि तथा पशुपक्षी राज्यमन्त्री रामकुमारी चौधरी सुनसरीको सहइन्चार्ज तोकिनु भएको छ । यस्तै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कालीकोट जिल्ला इन्चार्जको जिम्मेवारी पाएका छन् । सोही प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी जुम्लाको सहइन्चार्ज तोकिएका छन् ।

प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेल धादिङ इन्चार्ज तोकिँदा प्रदेश नं १ का अर्थमन्त्री इन्द्रबहादुर आङ्वोले पाँचथर इन्चार्जको भूमिका पाए । यस्तै भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहाल र पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी पनि इन्चार्जको जिम्मा पाएका छन् ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७