समाजमा छोरीहरुलाई त जोगाउनै गाह्रो छ : गायिका अञ्जु गौतम

अञ्जु गौतम पूर्वेली लोक गायिका हुन् । पूर्वका लोकभाकाहरुलाई टपक्क टिपेर मिठो स्वरले सजाउन सफल र खप्पिस गायिका अञ्जु गौतम एक वर्षदेखि भने काठमाडौंमै संगीत कर्म गरिरहेकी छन् । पूर्वाञ्चलमा आफूलाई स्थापित गराइसकेकी अञ्जु गौतम अहिले काठमाडौंमा पनि आफ्नो परिचयलाई फराकिलो बनाइरहेकी छन् । काठमाडौं र पूर्व (तेह्रथुम) आउँजाउ गरिरहने उनी अहिले तीजको गीतहरुमा समेत सक्रिय छिन् । उनै गायिका अञ्जु गौतमसँग नयाँपेजले गरेको कुराकाकीको सारसंक्षेप :

काठमाडौंमा संर्घषरत हुनुहुन्छ, पूर्वलाई चटक्क माया त मार्नु भएको होइन ?
होइन, पूर्व जाँदै आउँदै गर्छु । १५–१५ दिन, एक–एक हप्तामा । पूर्वमै काम पर्छ पूर्वमै बोलाउनु हुन्छ । स्ट्रगल र गीत संगीतकै लागि काठमाडौं आएको एक वर्ष जति भयो । यतै बस्दै छु । ठिकै छ, गीत संगीतमा अगाडि बढ्दै छु ।

पूर्वमा रहँदाखेरी तपाईलाई धेरै सहज थियो होला, काठमाडौं आइसक्नु भएपछि चाँही कस्तो लागिरहेको छ ?

पूर्व भनेको चाँहि आफ्नो घर, आफ्नो ठाउँ, सबै आफन्त, साथीभाइ धेरै जना हुनुहुन्थ्यो । काठमाडौंमा चाँहि नचिनेको म एक्लो भएको महसुस भयो शुरुमा । अहिले विस्तारै चिनजान हुँदैछ । यहाँका अग्रज कलाकार, संगीतकार, गीतकार, गायक–गायिकाहरुसँग स्टुडियोहरुतिर धाउँदैछु, चिनजान गर्दैछु । बानी हुँदैछु अलिकति । पूर्वभन्दा अलि गाह्राे चाँहि गाह्राे हुन्छ । टिक्नलाई हामी नयाँ कलाकार, हामी संघर्ष गरिरहेको कलाकारलाई अलि गाह्राै छ ।

यहाँको वाल्यकाल कता बित्यो, कसरी बित्यो ?
हजुर मेरो बाल्यकाल चाँहि उता तेह्रथुम जिल्लाको फुलेगाउँमा जन्मिएर, त्यहिं पढेर, विहे गरेर, त्यहि तेह्रथुम एउटै जिल्ला हो । त्यहाँ गए । विहेपछि पनि साँगीतिक करिअरलाई अगाढि बढाइरहेको छु ।

तपाई खास कस्तो परिवारमा हुर्किनु भयो ?
मेरो परिवारमा एकदम सांगीतिक माहौल है । बुबा आमा एकदमै रमाइलो । फेमिली सबैजनाको सपोर्ट । गीत संगीत मन पराउने, रमाइलो फेमिलाी । माया गर्ने ।
विहे गरिसकेको मान्छेलाई त गीत संगीतमा लागिरहन गाह्राे हुन्छ । तपाईले त बुझ्ने फेमिली पाउनु भएको छ ।

तपाईले विवाह चाँहि कति वर्षमा गर्नु भएको ?
मैले ठ्याक्कै १९ वर्षमा भनौं न ।

मागी विवाह गर्नुभयो कि प्रेम विवाह ?
हैन, लभ म्यारिज नै हो एकदमै ।

कति वर्ष जति ?
तीन वर्ष जति लभ गरेर अनि विहे गरेको ।

तपाईको श्रीमानले प्रेम प्रस्ताव राखेको याद छ ?
त्यतिखेरको जमानामा अहिले भन्दा १४ वर्ष अगाडि है । मैले ६० सालमा विहे गरेको ७६ साल लाग्यो हैन । तीन वर्ष लभ गर्याेपछि १३–१४ वर्ष अगाडि मोवाइलको चलन थिएन । लभ लेटरको चलन थियो, मलाई चिठीहरु आउँथ्यो । माया गर्छु तिमी मलाई धेरै मन पराउँछु भनेर चिठी आएको थियो । मैले एसएलसी पनि दिएको थिइन् त्यतिखेर । म एसएसलसीको तयारीमा थिए । दुई तीन वटा चिठी आइसकेपछि मात्र मैले त्यसको रिप्लाई गरें । अनि उहाँ पनि मन पर्याे मलाई । त्यसपछि चाँही हाम्रो…

अनि पहिलो भेट याद छ ?
याद छ मज्जाले । छ नि किन नहुनु । मेरो हजवेन चाँहि फुटवल खेलाडी । वसन्तपुरको टिम फुटवल खेल्न आउनु भएको थियो मेरो माइती गाउँ । त्यो बेला हामी चाँहि फुटवल हेर्न जान्थ्यौ । अनि टिममध्येको जेन्टल उहाँ लाग्यो मलाई । अनि हाम्रो हेराहेर भयो, भेट भयो ।

त्योबेलाको अनुभव थोरै शेयर गर्नुस् न ?
हामी केटीको पनि गेम हेर्ने, हुटिङ्ग हान्ने टिम थियो नि त । कसलाई फोकस गरेर चिच्याउँथ्यौ, कराउँथ्यौ । पहाडमा चाँहि ग्राउण्ड नजिक बारीको डिल हुन्छ । पाँच–सात जना केटीको टिम । हुटिङ्ग गरेकै बेला उहाँले मलाई नजर लगाउनु भएको थियो । अनि मेरो घरमा चाँहि पाहुनाहरु आउने बस्ने गर्दा मेरो घरमा खाना बनाएर मैले खाना दिएँ । एक दिन हाम्रोमा बस्नु भयो, त्यहाँदेखि हाम्रो चाँहि गफ भयो, परिचय भयो । त्यसको हप्ता दिनपछि देखि त खुरुखुरु लभ लेटर आउन थाल्यो ।

विवाहपछिको पहिलो अनुभव कस्तो भयो थोरै सुनाई दिनुस् न ?
लभ पर्याे, त्यसपछि माग्न आउनु भयो, माग्न आउँदा चाँहि बुबा आमाले अहिले विहे गर्नु बेला भएको छैन । पढ्नु पर्छ अलिकति तिमीहरु केटाकेटी छौं । अलिकति पढेलेखेको जब भएको केटालाई म छोरी दिन्छु, मेरो एउटा छोरी भनेर बुबाले दिन मान्नु भएन । तर, मैले उहाँलाई वचन दिएको थिएँ ।

मैले हाम्रो वचन, बरु बुबा आमालाई दुःख दिएँ उहाँलाई धोका दिन सकिनँ । हामी आफैले डिसिजन गरेर भागेर इटहरी आयौं हैन । तेह्रथुमबाट विहानैको गाडीमा इटहरी आएर हामी बस्यौ । त्यहाँ १०–१५ दिन बसेपछि इटहरीकै एउटा मन्दिरमा विहे गरेर घर गयौं हैन । उहाँको घर गईसकेपछि त्यहि हो नि गाउँ, बुहारीको मानमर्यादा, सासु ससुरा देवर सबैलाई मान्नु पर्ने, खुशी बनाउनु पर्ने, नयाँ मान्छे ।

माइतीमा उफ्रेर, खेलेर, घुक्र्याएर खाएको । त्यहाँ गएपछि घर लिप्नु पर्ने, घाँस काट्नु पर्ने खाना पकाउनु पर्ने, खुवाउनु, भाँडा माझ्नु पर्ने, ढिलो उठियो भने गाली गर्नुहुन्छ भन्ने सम्झिँदै काम गरे, पछि छोरी जन्मिई, छोरी आठ महिनाको भएपछि उहाँ वैदेशिक रोजगारीका लागि कतार जानु भो । मेरो छोरी आठ महिनाकै थिई, अहिले १५ वर्ष लागेको छ । अहिले १० कक्षामा पढ्ने । उहाँ विदेश गएपछि पैसा पठाउन थाल्नु भयो । त्यसपछि त्यो गाउँ छोडेर छोरी च्यापेर म मोरङ आएर बसे । अनि छोरीलाई स्कुल पठाउन थाले, म पत्थरीमा संगीत क्लास लिन थाले, विभिन्न अडिसन, कम्पिडिसनमा भाग लिएँ । त्यहाँबाट मैले संगीत सिक्नु पर्ने रहेछ भन्ने जानकारी पाएर गर्दैगर्दै आजको दिनसम्म आइपुगेको छु ।

पुर्ण संवाद भिडियोमा हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्