म्यानचेस्टर सिटी विजयी, वेष्ट ह्याम ५-० ले पराजित


२६ श्रावण २०७६, आईतवार
image 46

काठमाडौँ,२६ साउन । इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटी विजयी भएको छ ।

वेष्ट ह्यामलाई ५(० गोल अन्तरले हराउँदै सिटीले शान्दार जीत निकालेका हो । सिटीको जीतमा रहिम स्र्टलिङले ह्याट्रिक गरे भने गाब्रियल जिसस र अग्युरोले एक एक गोल गरेका थिए ।


खेलको २५ औं मिनेटमा जिससले गोल गर्दै खेलमा अग्रता बनाएका थिए । पहिलो हाफमा १(० को अग्रता बनाएको सिटीले बाँकी चार गोल दोश्रो हाफमा गरेको थियो ।

दोश्रो हाफको ५१ औं मिनेटमा स्र्टलिङले गोल गर्दै अग्रता दोब्बर बनाए । त्यसपछि खेलको ७५ औँ मिनेटमा पुनः गोल गरेका थिए ।

यता, पेनाल्टीमा गोल गर्दै अग्युरोले सिटीको शान कायम राख्दा ९० मिनेटमा अर्को गोलसँगै सिटी वेष्ट ह्याममाथि हावी हुँदै जीत निकाल्न सफल भयो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७