कामना सेवा विकास बैंकले बाढ्यो तिलोत्तमा माध्यमिक विद्यालयका विद्यार्थीलाई झोला


२८ श्रावण २०७६, मंगलवार
School Bag distribution butwal XJykIvh8P9

काठमाडौं,२७ साउन । कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत रुपन्देही जिल्ला वुटवल ६ स्थित श्री तिलोत्तमा माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई बैंकका सञ्चालक भिम प्रसाद तुलाचनले स्कुल झोला वितरण गरेका छन् ।

त्यस्तै सिद्धार्थनगर नगरपालिकामा सिसी क्यामेरा जडानका लागि सिसी क्यामेरा जडान उपभोक्ता समितिलाई भैरहवा शाखा कार्यालयका शाखा प्रवन्धक तुलसी प्रसाद आचार्यले २५ हजारको चेक हस्तान्तरण गरे ।

यसैगरी बैंकले स्वर्णिम सुरक्षित बचत खाताका ग्राहकलाई स्वास्थ्य बिमा गर्दै आएकोमा शाखा कार्यालय दमकका ग्राहक सारदा आङ्देम्बेलाई ९ हजार ६ सय ७ र बेसिशहरका ग्राहक रन्जिता अधिकारीलाई ६७ हजार ८ सय १९ स्वास्थ्य बिमा अन्तर्गतको रकम हस्तान्तरण गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७