लुम्बिनी जनरल इन्स्योरेन्स एजीएमः २०% हकप्रद शेयर जारी गर्ने


३० श्रावण २०७६, बिहीबार
lumbini jic agm IQfZpLqD71

काठमाडौं,३० साउन । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले १४औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७४र०७५ को वासलात, नाफा नोक्सान हिसाव तथा प्रगति विवरण प्रस्तुत भएको छ ।

कम्पनीका अध्यक्ष मनोहर दास मूलले बिगतका वर्षहरुमा नियमित लाभांश प्रदान गर्दै आएको, बीमा समितिको निर्देशन अनुसार  १ अर्ब चुक्ता पूंजी पुर्याउनको यस कम्पनीलाई  १२ करोड आवश्यक पर्नेमा साविककै ढांचामा वित्तीय विवरण तयार गर्दा करिब  १४ करोड ८० लाख बोनस बितरण गर्न सकिने अबस्था रहेपनि यसपटक नयां ढांचा अनुसार अर्थात एनएफआरएस प्रणालीबाट वित्तीय विवरण तयार गर्दा लक्ष्य अनुसार बोनस वितरण गर्न नसकिएको जानकारी गराए ।

बिमा समितिको निर्देशन अनुसार  १ अर्ब चुक्ता पूंजी पुर्याउनको लागि मितिः २०७६र०१र२५ को बिशेष साधारण सभाको निर्णय अनुसार २०५ हकप्रद शेयर जारी गर्न लागिएको अध्यक्षज्यूले जानकारी गराए ।

संस्थापकतर्फको हकप्रद शेयरको रकम सबै संस्थापकहरुबाट अग्रिम रुपमा प्राप्त भई सकेको जानकारी पनि गराए  आ.ब. २०७४र०७५ मा अघिल्लो बर्षको तुलनामा १२५ ले बृद्धि भई करिब १ अरब २६ करोड बीमाशुल्क आर्जन भएको र आ।ब। २०७५र०७६ मा १ अर्ब ३६ करोड बीमाशुल्क आर्जन भएको जानकारी सभामा गराइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७