हिमालयन बैंकको ५१ प्रतिशतले बढ्यो २ अर्ब ८४ करोड खुद नाफा


३० श्रावण २०७६, बिहीबार
himalayan bank feature

काठमाडौं, साउन ३० । हिमालयन बैंकले आर्थिक वर्ष २०७५र७६ मा २ अर्ब ८४ करोड खुद नाफा गरेको छ । बिहिबार सार्वजनिक गरेको प्रतिबेदनमा बैंकको नाफा अघिल्लो वर्षको तुलनामा ५१ प्रतिशतले बढेको देखिएको हो । आर्थिक वर्ष २०७४र७५ मा बैंकको नाफा १ अर्ब ५९ करोड रुपैयाँ नाफा गरेको थियो ।

बैंकले सोही अबधिमा १० प्रतिशतले निक्षेप बढाएको छ । गत आर्थिक वर्षमा १ खर्ब ९ अर्ब ३९ करोड निक्षप संकलन गरेको गरेको बैंकले अघिल्लो वर्ष भने ९८ अर्ब ९८ करोड निक्षेप संकलन गरेको थियो । यस्तै बैंकको कर्जा लगानी ८२ अर्ब ४७ करोडबाट १२.५४ प्रतिशतले बढाएर ९२ अर्ब ८२ करोड पुगेको छ । यस्तै व्याज आम्दानी ४ अर्ब ३२ करोड बाट ५ अर्ब ४ करोड भएको छ ।

बैंकको वितरण योग्य नाफा २ अर्ब २ करोड छ । यो अघिल्लो वर्षको तुलनामा १८ प्रतिशतले कम हो । बंैकको प्रतिशेयर आम्दानी ३३.४१ रुपैयाँ तथा प्रतिशेयर नेटवर्थ १८८.७६ रुपैयाँ छ । यसबीचमा बैंकको खराब कर्जाको अनुपात १.१२ प्रतिशत छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७