नेपाल प्रहरीको ८९ डीएसपीको सरुवा, को कहाँ पुगे (सूचीसहित)


३० श्रावण २०७६, बिहीबार
Nepal police

काठमाडौं, ३० साउन । नेपाल प्रहरीले ८९ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)को सरुवा गरेको छ । विहीबारमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको निर्णय अनुसार डीएसपीको सरुवा गरिएको हो ।

सरुवाको गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय राष्ट्रिय किताबखाना(प्रहरी)मा दिइएको जानकारी दिइएको छ । सरुवाअनुसार महानगरीय प्रहरी वृत्त, कालिमाटीमा उमेश लम्साल सरुवा गरिएका छन् भने निलम्बित डीएसपी कुमुध ढुंगेल प्रदेश २ प्रहरी कार्यालय, धुनषामा सरुवा गरिएका छन् ।

प्रहरी परिसर, लतिलपुरमा देवेन्द्र पाण्डेको सरुवा भएको छ भने लतिलपुरका नारायणप्रसाद चिमरियाको जिल्ला प्रहरी कार्यालय, सोलुखुम्बुमा सरुवा भएको छ । काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा सरुवा भएको छ ।
यसैगरी गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रमा गंगाबहादुर थापालाई सरुवा गरिएको छ । २ नं. प्रदेश प्रहरी कार्यलयमा हेटौडामा मनोजित कुँवर सरुवा भएका छन् ।  ईलाका प्रहरी कार्यालय इटहरीको इन्चार्जमा डिएसपी धर्मराज भण्डारीको सरुवा भएको छ।  इटहरीका डिएसपी समिरचन्द्र खरेल संयुक्त राष्ट्रसंघीय मिसनमा जाने भएपछि खरेलको ठाउँमा भण्डारीको सरुवा भएको हो।  भण्डारी कार्यरत जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा डिएसपी बिरेन्द्र शाहीको सरुवा भएको छ। 

महानगरीय प्रहरी बृत महाराजगन्जमा उमेश लम्साल, कमलपोखरीमा भरतबहादुर बिक, ईलाका प्रहरी कार्यालय टाडी चितवनमा भावेश रिमाल, जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा नारायण प्रसाद चिमरिया, बझाङमा गणेश बम, रोल्पामा चित्रबहादुर गुरुङ, सुनसरीमा बिनोद शर्मा (भण्डारी), ताप्लेजुङमा ज्ञानेन्द्र प्रसाद फुयाल, सल्यानमा ढकेन्द्र खतिवडा, डडेल्धुरामा दधिराम न्यौपाने, तेह्रथुममा नविनकिशोर प्रधान, प्युठानमा नरेन्द्र कार्की, कालिकोटमा श्यामबाबू ओलिया, पाँचथरमा सिद्धराज न्यौपाने, दैलेखमा हरीबहादुर ओली, मुगुमा भुवनेश्वर प्रसाद साह, र डोल्पामा नारायण रन्जितकारको सरुवा भएको छ। 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७