प्रधानमन्त्री उपचारका लागि सिङ्गापुर प्रस्थान


५ भाद्र २०७६, बिहीबार
kp oli 2

काठमाडौं, ५ भदौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि बिहीबार फेरि सिङ्गापुर प्रस्थान गरेका छन् ।

उनी दिउँसो साढे १ बजे त्रिभुवन विमानस्थलबाट सिङ्गापुरतर्फ गएका हुन् । प्रधानमन्त्री ओलीसँगै उनकी पत्नी राधिका शाक्य पनि सिङ्गापुर गएकी छन् ।

गएको साउन १८ गते उपचारका लागि सिङ्गापुर गएका प्रधानमन्त्री ओली साउन २७ गते स्वदेश फर्किएका थिए । तर, स्वास्थ्यमा फेरि समस्या देखिएपछि उनी एक सातामै दोस्रो पटक सिङ्गापुर गएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७