‘कुटुमा कुटु’ले यूट्यूबमा राख्यो नयाँ रेकर्ड


५ पुष २०७४, बुधबार
Kutu Ma Kutu Supari Dance swastima khadka

काठमाडौं : फिल्म ‘२ रूपयाँ’को ‘कुटुमा कुटु’ गीतले भिडियो सेयरिङ संजाल यूट्यूबमा नयाँ रेकर्ड राखेको छ।यूट्यूबमा गीतलाई ४ करोड पटक हेरिएपछि नयाँ रेकर्ड राखेको हो।Kutu Ma Kutu Supari Dance swastima khadka
कुनै पनि नेपाली गीतको भिडियोले यो आँकाडा पार गरेको पहिलो अवसर हो। गीतले सात महिनाको अवधिमा सो सफलता हात पार्न सफल भएको हो।
गीतमा शब्द तथा संगीत राजनराज शिवाकोटीको रहेको छ। मेलिना राई, राजन ईशानको साथमा शिवाकोटीको स्वरमा सजिएको गीतका कोरियोग्राफर भने कविराज गहतराजले गरेका हुन्।

गीतको भिडियोमा स्वस्तिमा खड्का, निश्चल बस्नेत, बुद्धि तामाङ,आशिफ शाह लगायतले अभिनय गरेका छन् ।

नेपाली चलचित्र संगीतमा राजनराजका गीत सर्वाधिक हिट छन् । उनका गीतमा समावेस गरिने सरल शब्द र लोकलयमा आधारित संगीतकै कारण उनको संगीतमा रमाउने दर्शकहरु बढेका छन् । उनकै संगीत रहेको ‘सुर्के थैली खै, पूर्व पश्चिम रेल’ लगायतका गीतलाई युट्युबमा करोड दर्शकले हेरिसकेका छन् ।

सबै भन्दा पहिला करोड दर्शक बनाउन सफल ‘वडा नम्बर ६’ को ‘सुर्के थैली खै’ बोलको गीत अहिलेसम्म दुई करोड २३ लाख पटक हेरिएको छ भने ‘छक्का पञ्जा’को ‘पूर्व पश्चिम रेल’ दुई करोड १७ लाख पटक हेरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७