‘आमा’ का लागि अभिनेत्री सुरक्षाले गरिन् कपाल मुन्डन


१२ भाद्र २०७६, बिहीबार
Surakshya

काठमाडौं, १२ भदौं । नारीको सौन्दर्यमा कपालको विशेष महत्व हुन्छ । यसले पनि कपालको स्याहार र आकर्षणका लागि महिलाहरुले निकै मेहनत गर्छन् ।

तर, अभिनेत्री सुरक्षा पन्तले भने कपालको स्याहार गर्नुको सट्टा पुन्डन गरेर फालेकी छन् । फिल्मको कथामा आफूलाई फिट देखाउन अभिनेत्रीहरुले आफ्नो सौन्दर्यको प्रतिक कपाल मुन्डन गराउने क्रम बढिरहेको छन् ।

केही पहिले अभिनेत्री दीपशिखाले फिल्म ‘प्रेमलिला’ का लागि आफ्नो कपाल मुन्डन गरेकी छन् । त्यसपछि अहिले प्रदर्शनरत फिल्म ‘जाइरा’ अभिनयका लागि अभिनेत्री नम्रता श्रेष्ठले आफ्नो कपाल मुन्डन गरिन् ।

अहिले फेरि अर्की अभिनेत्री सुरक्षा पन्तले कपाल मुन्डन गरेकी छन् । दीपेन्द्र के खनालको निर्देशन रहेको छायाँकनरत फिल्म ‘आमा’ का लागि पन्तले कपाल मुन्डन गरेकी हुन् । फिल्मको कथाको माग अनुसार आफूले कपाल मुन्डन गराएको अभिनेत्री पन्तले जानकारी गराइन् ।

‘आमा’ पुरै टिमको राम्रो फिल्म बनाउने प्रयास रहेको छ’ पन्तले सुनाइन्, ‘फिल्मको दृष्यले काटेको कपाल मागेपछि मैले कपाल मुन्डन गराएकी हुँ ।’

हुन त फिल्मको यस्ता दृष्यका लागि पहिले पहिले वीक प्रयोग गर्ने गरिन्थ्यो । वीकले रियालटी जस्तो नदेखिने भएकोले आफूले कपाल मुन्डनै गराएको पन्तले सुनाइन् । ‘आमा’ मा सुरक्षाको अलवा मिथिला शर्मा, सरिता गिरी लगायत कलाकारको मुख्य भुमिका रहेको छ ।

फिल्मको अहिलेसम्म ८० प्रतिसत काम सकिएको छ । केही दिन अगाडि सिन्धुलीको गल्कोट पुगेर फर्किएको फिल्मको पुरै छायाँकन सक्न निर्देशक सम्पूर्ण युनिटसहित काठमाडौंमा झरी कुरेर बसिरहेको छ । सामाजिक कथामा बन्न लागेको यो फिल्म आफ्नो अहिलेसम्मकै राम्रो फिल्म हुने खनालले बताए । फिल्मको रिलिज मिति भने फागुन ९ गते तोकिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७