केवल टानमा नेता बन्न होइन ट्रेकिङ क्षेत्रको सुधार लागि मेरो उम्मेदवारी : तेञ्जिङ शेर्पा


१४ भाद्र २०७६, शनिबार
Tenzing Sherpa TAAN

काठमाडौं, १४ भदौ :  हिमालसँग सँगै आउने शब्द हो शेर्पा । हिमाल र शेर्पाको बारेमा जानकारहरु भन्छन्,‘हिमाल छ, र त शेर्पा छ । शेर्पा छ, र त हिमालमा मान्छेहरु छन् ।’ अर्थात् बहुसंख्यक शेर्पाहरुको जीन्दगी हिमालसँग जोडिएको छ । बहुसंख्यक मान्छेहरुलाई हिमालसम्म जोड्ने काम शेर्पाले नै गरेका छन् । ६६ वर्ष अघि तेञ्जिङ नोर्गे शेर्पाले हिडेको बाटोलाई आजसम्म पछ्याइरहेका छन् । कोही शेर्पाहरु तेञ्जिङ नोर्गे जस्तै हिमाल चढिरहेका छन् । कोही एडमण्ड हिलारी जस्तै हिमाल चढ्नेहरुलाई सेवा गरीरहेका छन् ।

त्यो बाटो पछ्याउने मध्येका एक हुन्, तेन्जिङ्ग शेर्पा । उनी हिमालसँग जोडिएको पेशा ट्रेकिङमा संग्लन छन् । त्यसो त ट्रेकिङ केवल हिमालसँग मात्रै जोडिन्न । तर, हामी कहाँको सन्दर्भमा चहिँ मुलत हिमालमा नै निर्भर छ ।

विश्वको सर्वोच्च शिखर सगरमाथाको फेदी अर्थात् सोलुखुम्बुको साबिकको तामाखानी गाविसमा जन्मिएका शेर्पा १८ वर्षदेखि निरन्तर हिमालसँग जोडिएको पेशा ट्रेकिङमा संग्लन छन् । ‘पियोर भिजन एडभान्चर’को प्रबन्ध निर्देशक तेन्जिङ्ग नेपालका पर्वतीय र पदयात्रा पर्यटन व्यवसायको क्षेत्रमा परिचत नाम हो ।

उनी व्यवसायी मात्रै होइन आफै ‘गाइड’ पनि हुन् । त्यस कारण उनी ट्रेकिङ क्षेत्रको अनेकन समस्या बारेमा जानकार छन् । उनले ट्रेकिङ व्यवसायी र यसमा संग्लनहरुको सुखदुःख बुझेका छन् । भन्छन्,‘मेरो जीन्दगीको सबै उर्बर समय यही क्षेत्रमा बितेको छ । पर्वतीय र पदयात्रा पर्यटन व्यवसायमा धेरै ज्ञान र अनुभव बटुल्ने अवसर पाएको छु ।’

त्यही अनुभव र ज्ञानलाई संगठित रुपमा प्रयोगका लागि तेन्जिङ्ग ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)मा द्धितिय उपाध्यक्षको उम्मेदवार बनेका छन् । पर्वतीय र पदयात्रा पर्यटन व्यवसायीहरुको हितमा आफ्नो ज्ञान र अनुभवलाई प्रयोगका लागि आगमी सेप्टेम्बर ६ मा हुन लागेको टानको निर्वाचनमा आफू द्धितिय उपाध्यक्षको उम्देवार बन्न लागेको बताए ।

टानको इतिहास निकै लामो छ । उल्लेख्य कामहरु पनि भएका छन् । तर, पछिल्लो समयमा यसको काम बारेमा आलोचना हुन थालेको छ । पर्वतीय र पदयात्रा पर्यटन व्यवसायको क्षेत्रको सुधारको निम्ती भन्दा पनि नेता बन्ने थलो बनेको छ टान । निर्वाचनदेखि निर्वाचनसम्मको प्रक्रिया जस्तो देखिन्छ । त्यस कारण अब काम गर्ने नेतृत्व चाहिएको शेर्पा बताउँछन् । भन्छन्,‘म बोलीभन्दा पनि काममा विश्वास गर्छु । म टानको नेतृत्वमा पुगेँ भने साँच्चिकै काम गरेर देखाउँछु।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७