लक्ष्मी बैंकको ११३ औँ शाखा सप्तरीको राजविराजमा


२५ भाद्र २०७६, बुधबार

काठमाडौं, २५ भदौ । लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा ११३औँ शाखा सप्तरीको राजविराजमा संचालनमा ल्याएकोे छ।


यो शाखामार्फत बैकंले ग्राहकको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा लघु व्यवसायीमाझ वित्तीय पहुँच पुर्‍याउने लक्ष्य राखेको छ।

योसहित बैंकको शाखा संजाल ४८ जिल्लामा ११३ वटा पुगेको छ। २ एक्सेन्शन काउन्टर, ४ हस्पिटल सेवा काउन्टर, १३७ एटिएम, २५०० बढी रेमिट्यान्स एजेन्ट तथा ५८ शाखा रहित बैंकिङ्ग एजेन्ट संचालनमा छन्।

सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त, लगायत वित्तीय सेवाहरुको बढ्दो मागलाई पुरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा आक्रामक रुपमा सेवाविस्तार गर्दै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७