विप्लव नेकपासँग भोजपुर भिडन्तमा मारिएका प्रहरी जवान सञ्जिव राईलाई शहीद घोषणा


२६ भाद्र २०७६, बिहीबार
Sanjib Rai

काठमाडौं, २६ भदौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्तासँगको भिडन्तका क्रममा भोजपुरमा ज्यान गुमाएका प्रहरी जवान सञ्जिव राईलाई सरकारले शहीद घोषणा गरेको छ ।

बिहीबार सूचना तथा सञ्चार प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले सरकारका निर्णय सार्वजनिक गर्ने क्रममा यो जानकारी दिएका हुन् । त्यसैगरी उनका परिवारलाई राहतस्वरुप १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय सरकारले गरेको छ ।

भोजपुरमा गत असार २५ गते बुधबार भएको भिडन्तमा परी एक विप्लव कार्यकर्तासहित दुईजनाको मृत्यु भएको थियो । मृत्यु हुने विप्लवका जिल्ला इन्चार्ज निरकुमार राई रहेका थिए । प्रहरीको जवाफी फायरिङमा विप्लवका कार्यकर्ता मारिएका प्रहरीले बताएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७