जनताले कांग्रेस मन पराए, देउवा नेतृत्वलाई मन पराएनन्: प्रकाशमान सिंह


६ पुष २०७४, बिहीबार
prakash man singh

काठमाडौं: नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनतालाई कांग्रेस पार्टी मन परेपनि देउवा नेतृत्व मन नपरेको दावी गरेका छन् । काठमाडौं क्षेत्रनम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित सिंहलाई बधाई दिन नेपाल ट्रेड युनियन कांग्रेस काठमाडौं शाखाले बिहीबार आयोजना गरेको कार्यक्रममा उनले भने, ‘जनतालाई पार्टी नेतृत्व मन नपरेको तर पार्टी मन परेको कुरा अहिलेको चुनावको नतिजाले देखिएको छ ।’

उम्मेदवार पराजित हुने तर समानुपातिकमा धेरै भोट आउनुले यो कुराको पुष्टि गरेको सिंहको भनाइ थियो । पार्टी संस्थागत ढंगले र विधानअनुसार चल्न नसक्दा निर्वाचनमा सोचेजस्तो परिणाम ल्याउन नसकेको उनले बताए । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टी विधानअनुसार चल्न नसक्दा निर्वाचनमा सोचेजस्तो परिणाम ल्याउन नसकेको बताए ।

prakash man singh

पूर्व महामन्त्री समेत रहेका नेता सिंहले जनतालाई पार्टी मन परेपनि नेतृत्व मन नपरेका कारण धेरै स्थानमा हार व्यहोर्नुपरेको बताए । “पार्टीभन्दा नेता र व्यक्ति ठूलो हुन सक्दैन, त्यसैले पार्टी सुधार आवश्यक छ,”– उनले भने । पार्टीभित्र पदाधिकारी, केन्द्रीय सदस्य र विभागले पूर्णता पाउन नसक्नु दुःखद भएको उनको भनाई थियो ।

नेपाल ट्रेड युनियन काँग्रेसका अध्यक्ष खिलानाथ दाहालले मजदूरको जगमा उभिएको पार्टी काँग्रेस भएकाले मजदूरको समस्या समाधानका लागि पार्टीले विशेष चासो दिनुपर्ने बताए । “मजदूरको समस्या समाधान गर्न सकेमात्र पार्टी बलियो हुन्छ,”– उनले भने ।

ट्रेड युनियन काठमाडौँ शाखाका अध्यक्ष गणेश भट्टराईले श्रमिकको अधिकार स्थापना गर्नका लागि आफुहरु सँधै क्रियाशिल रहेको भन्दै यसलाई पार्टीको सहयोग आवश्यक रहेको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७