बजेट खर्च छानबिन गर्न समिति गठन


६ आश्विन २०७६, सोमबार
Cabinet Meetings 075 09 13 1

सुर्खेत, ६ असोज । कर्णाली प्रदेश सरकारले बजेट खर्चमा भएको अनियमितताबारे पारदर्शीता सार्वजनिक गर्न छानबिन समिति गठन गरेको छ । प्रदेश सरकारको असोज ३ गते बसेको मन्त्रिपरिषद् बैठकले बजेट खर्च तथा कार्यक्रम कार्यान्वयनको सम्बन्धमा छानबिन गर्न समिति गठन गरेको हो ।

सोमबार बिहान प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री एवं सरकारका प्रवक्ता बिमला केसीले मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक कार्यक्रममा समिति गठनबारे जानकारी दिइन् । मन्त्री केसीका अनुसार डा. भीमबहादुर खत्रीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको हो ।

आर्थिक वर्ष २०७५÷७६ को बजेट खर्च तथा कार्यक्रम कार्यान्वयनका सम्बन्धमा विभिन्न क्षेत्रबाट आएका गुनासा र प्रदेशसभामासमेत भएको छलफलका सम्बन्धमा छानबिन गर्न समिति गठन गरिएको उनले जानकारी दिइन् । ‘समितिलाई एक महीनाभित्र प्रतिवेदन बुझाउने समय दिएका छौं’ उनले भनिन्, ‘प्रतिवेदनले संसद् तथा अन्य क्षेत्रबाट प्राप्त गुनासालाई सम्बोधन गर्नेछ ।’

त्यस्तै बैठकले कर्णाली प्रदेश विनियोजन ऐन, २०७६ को दफा ९ बमोजिम बजेट सहजका लागि आदेश जारी गर्ने निर्णय पनि गरेको छ ।

पत्रकार शर्माकाे उपचारमा पाँच लाख सहयाेग

 ३ गतेकै बैठकले बोनम्यारो ‘एप्लाष्कि एनिमिया’ रोगबाट प्रताडित साझा विसौनी तथा देशसञ्चार डटकमकाका पत्रकार डिलप्रसाद शर्मालाई उपचारमा सहयोग गर्ने निर्णय पनि गरेको छ । शर्मालाई उपचार खर्चमा ५ लाख रकम सहयोग उपलब्ध गराउने निर्णय गरिएको प्रवक्ता केसीले जानकारी दिइन् ।

यस्तै करेन्ट लागेर घाइते भएका मुगु, सोरु गाउँपालिकाका भ्यागे नेपाली भन्ने अमर दमाईलाई पनि उपचारमा एक लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरिएको छ । गम्भिर घाइते दमाइको काठमाडौंमा उपचार भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७