भुटान र माल्दिभ्सले बराबरी खेल्यो, नेपाल बाहिरियो


८ आश्विन २०७६, बुधबार
u 16 vs Maldives

काठमाडौं, ८ असोज । साविक विजेता नेपाल काठमाडौंमा जारी तेस्रो संस्करणको साफ यू–१८ च्याम्पियनसिप फुटबलको समूह चरणबाट बाहिरिएको छ ।

समूह चरण अन्तर्गत मंगलबार भुटान र माल्दिभ्सले गोलरहित बराबरी खेल्दै अंक बाडेपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको हो ।

समूह ’बी’ मा रहेको नेपाललाई सेमिफाइनलमा पुग्न भुटानले ३–० को जित निकाल्नु पर्ने आवश्यकता रहेको थियो । तर, दोस्रो रोजाईका १० खेलाडीसहित मैदान उत्रिएको भुटानले माल्दिभ्ससँग गोलरहित बराबरी खेलेपछि नेपाल बाहिरिएको हो ।

समूह चरणको अन्तिम खेलमा माल्दिभ्ससँग गोलरहित बराबरी खेल्दै भुटान समूह ’बी’ को विजेता बन्दै सेमिफाइनलमा पुग्नु सफल भयो ।

हलचोकस्थित शसस्त्र प्रहरी बल एपीएफको मैदानमा दुवै टोलीले पाएको मौका सदुपयोग गर्न नसक्दा बराबरी खेलेको हो । दोस्रो रोजाईका १० खेलाडीसहित मैदान उत्रिएको भुटानविरुद्ध माल्दिभ्सले गोल गर्न सकेनन् ।

यो बराबरीसँगै समूह विजेता बनेको भुटानले २ खेलमा ४ अंक जोड्यो । पहिलो खेलमा भुटानले नेपाललाई ३–० ले हराएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७