लेखापाल गएपछि मेयरको टाउकोमा ५४ करोडको ‘लफडा’


८ आश्विन २०७६, बुधबार
bungal

बझाङ, ८ असोज । बझाङको बुंगल नगरपालिकाका जनप्रतिनिधिलाई बेरुजु मिलाउन पसिना छुटेको छ । मनपरी तरिकाले आफन्त, नातागोता र कार्यकर्ताका नाममा योजना बनाई रकम बाँडेर बिना बिल भर्पाई भुक्तानी दिइएको थियो । ०७४–७५ मा यो नगरपालिकाको नाममा ५४ करोड ६५ लाख ७० हजार बेरुजुु थियो । यो रकम नगरपालिकाको त्यो आर्थिक वर्षको पूूरै बजेट हो ।

लेखा परीक्षणका लागि श्रेस्ता तथा कागजात उपलव्ध नगराएकाले कोष तथा लेखा नियन्त्रण कार्यालयबाट निकासा भई गएको सबै रकमलाई लेखापरीक्षण नगराएको अंक कायम गरी ०७५–०६–०४ मा प्रतिवेदन जारी गरिएको थियो ।

नगरपालिकाको आन्तरिक आयलगायत सबै आय र खर्चको श्रेस्ता कागजात पेश नभएकाले यकिन हुन नसकेको भन्दै सबै रकम बेरुजु निकालेपछि मेयर धनबहादुर विष्टको पसिना छुटेको छ । मेयर र लेखापाल पूूर्णबहादुर खड्काले नगरको बजेट घरको जस्तै गरी खर्च गरेको र व्यापक अनियमितता गरेको आरोप स्थानीयले लगाउने गरेका छन् ।

बझाङकै जयपृथ्वी नगरपालिका घर भएका लेखापाल खड्काले आफ्नै भाइ नाता पर्ने जगत् खड्काको सामाजिक विकास तथा सचेतना केन्द्र भन्ने एनजिओका लागि ५० लाख लगानी गरेर सेरोफेरो नामको रेडियो बनाई दिएका थिए ।

मेयर विष्टले वडाध्यक्षहरूसँग मिलेर एक वर्षको बजेट नै झ्याप्प पारेको भन्दै अख्तियारमा उजुरी परेको छ । नायब महालेखा परीक्षक सुवर्णप्रसाद ढकालले बुझाएको प्रतिवेदनमा भनिएको छ । ‘कोष तथा लेखा नियन्त्रक कार्यालयले निकासा खर्च भिडान गरेको आर्थिक विवरणका आधारमा नगरपालिकामा रकम निकासा भई गएको देखिन्छ ।

उक्त रकम नगरपालिकाको मूूल खातामा आम्दानी भएको र त्यसबाट चालु खाता तथा पूँजीगत खातामा ट्रान्सफर गरी खर्च गरेको देखिने गरी नगरपालिकाले प्रमाणित गरेको आयव्यय विवरण पेश भएको छैन ।’

गत वर्षको बेरुजु नियमन गर्न मेयरले लेखा परीक्षकहरूसँग बार्गेनिङ गरिरहेको निकटहरूले चियागफमा समेत सुनाउने गरेको खबर जनआस्था साप्ताहिकलेले छापेको छ । ‘लेखापालले मेयरलाई फसायो । आफूले करोडाैं कमायो’ मेयर विष्टका एक शुभचिन्तकले भने, ‘अहिले लेखापाल सरुवा भएर गइहाल्यो । लफडा जति मेयरको टाउकामा परेको छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७