विदेशी सेनामा ४४ हजार नेपाली


९ आश्विन २०७६, बिहीबार
Gurkha
DATE: Sunday 11th October 2004LOCATION:Camp Gallipoli, Tutong, Brunei Garrison, Brunei.UNIT: 2nd Battalion Royal Gurkha Rifles.Event: Exercise Ulu Rajah 2004.Photographer: Corporal Anthony-Louis Belgrave- RLC, British Army Photographer.CAPTION: Exercise Ulu Rajah 2004 is a biennial exercise for the Brunei Garrison to test the procedures and prove the training. The exercise uses troops from the Brunei Garrison Unit and 2nd Battalion Royal Gurkha Rifles.CROWN COPYRIGHT FOR FURTHER INFORMATION CONTACT:Picture Editor HQ Land Command Erskine Barracks Wilton, Wiltshire SP2 0AG Tel No: 01722 433315 Fax No: 01722 433677

– पर्शुराम काफ्ले

नेपालबाट दुई सय वर्षदेखि बेलायत तथा ६७ वर्षदेखि भारतीय सेनामा हरेक वर्ष नेपाली भर्ती भइरहेका छन् । विदेशी सेनामा करिब ४४ हजार नेपाली कार्यरत छन् । हाल बेलायती सेनाको ब्रिगेड अफ गोरखाजअन्तर्गत तीन हजार ६ सय र सिंगापुर पुलिसमा करिब चार सय नेपाली छन् । भारतीय सेनाका ६ रेजिमेन्ट र अर्धसैनिक बल आसाम राइफल्समा करिब ४० हजार नेपाली कार्यरत छन् । बेलायत र भारतको सेनामा रहेका नेपालीले दुई दर्जनभन्दा बढी युद्ध लडेका छन् ।

सन् २०२० सम्म ब्रिटिस सेनाको कुल संख्या ८५ हजार पुर्‍याउने सरकारी योजनाअनुसार गोरखाहरूको पनि संख्या थप कटौती हुने सम्भावना छ । बेलायतले वार्षिक ६० जना नेपालीलाई आफै छनोट गरेर गोरखा कन्टिन्जेन्ट सिंगापुर पुलिस फोर्समा पठाइरहेको छ ।

नेपालको सर्वोच्च अदालतले भने ३० असार ०६६ मा नेपाली युवाको सिंगापुर पुलिसमा भर्ती अवैधानिक रहेको फैसला गरेको छ । तर, सर्वोच्चको फैसला कार्यान्वयन भएको छैन ।
भारतीय सुरक्षाविद्हरूले एक वर्षअघि गरेको अध्ययनअनुसार भारतीय गोरखा रेजिमेन्ट तथा आसाम राइफलमा रहेकामध्ये ७० प्रतिशत नेपाली नागरिक छन् । भारतीय सेनामा हरेक वर्ष नेपाली भर्ती हुने गरेका छन् ।

भारतीय सेनाको गोरखा पहिलो, तेस्रो, चौथो, पाँचौं, आठौं, नवौं र ११औं राइफल्समा नेपाली कार्यरत छन् । यसबाहेक आसाम राइफल्सलगायतका अर्धसैनिक बलमा पनि करिब २० हजार गोरखा सैनिक कार्यरत छन् । यी सबैमा पाँचदेखि ६ वटा बटालियन छन् । भारतले नेपालीलाई भारतीय सेनासरह सबै सेवा–सुविधा दिएको छ ।

भारतीय तथ्यांकअनुसार ८० हजार पूर्वसैनिक, १७ हजार अवकाशप्राप्त आसाम राइफल्सका सैनिक र ११ हजार सैनिकका विधवाले नेपालमा पेन्सन बुझिरहेका छन् । उनीहरू सबैका लागि १२ सय करोड भारतीय रुपैया“ वार्षिक खर्च गरिरहेको भारतको तथ्यांक छ । हाल बेलायती सेनामा ब्रिगेड अफ गोरखाजअन्तर्गत रोयल गोरखा राइफल्स, क्विन्स गोरखा सिग्नल्स, क्विन्स ओन गोरखा लजिस्टक रेजिमेन्ट छन् । पछिल्लोपटक बेलायतका तर्फबाट अमेरिकी नेतृत्वको नेटो सैनिकस“गको समन्वयमा गोरखालाई अफगानिस्तानमा खटाइएको थियो ।

सन् १९४९ देखि सिंगापुर पुलिस फोर्समा गोरखा कन्टिन्जेन्ट खडा गरिएको छ । सिख युनिटलाई विस्थापन गरी गोरखा राखिएको यो फोर्स सिंगापुर पुलिसको महत्वपूर्ण अंग हो । अहिले गोरखालाई सडक पेट्रोलियम, सिंगापुर एयरसोका अतिरिक्त सुरक्षाका लागि पनि खटाइएको छ ।

हाल पोखरास्थित भर्ती केन्द्रमा गोरखा सैनिकको अन्तिम छनोट हुने गरेको छ । त्यसपछि ब्रिगेड अफ गोरखाजको ललितपुर मानभवनस्थित कार्यालयले उनीहरूलाई बेलायत जाने व्यवस्था मिलाउने गरेको छ ।  ब्रुनाई गोरखा रिजर्भ युनिट, बु्रनाईका सुल्तानको स्पेसल गार्ड फोर्सका रूपमा गोरखा कार्यरत छन् । हाल सिंगापुर र ब्रिटिस सेनाबाट अवकाश पाएका करिब चार सयको हाराहारीमा गोरखा कार्यरत छन् ।

यसरी सुरु भयो गोरखा भर्ती
सन् १८१४–१६ मा ब्रिटिससँग भएको युद्धका क्रममा बन्दी बनाइएका तीन हजार नेपाली सैनिकलाई समेटेर सुरुमा सिरमुर बटालियन खडा गरियो । त्यसपछि नासिर बटालियन र मलाउँ  रेजिमेन्ट खडा गरिएको थियो ।  सन् १९४७ मा भारत स्वतन्त्र हुँदा ब्रिटिस गोरखा सैनिकका दशवटा रेजिमेन्ट थिए । तीमध्ये बेलायतले भारत छाड्दा चारवटा लिएर गएको थियो भने बाँकी भारतलाई नै जिम्मा लगाएको थियो । सन् १९४७ नोभेम्बर ७ मा भारत र ब्रिटिसबीच भएको सम्झौताअनुसार १० रेजिमेन्टमध्ये दोस्रो, छैटौं, सातौं र दशौं रेजिमेन्ट बेलायत लगिएको थियो ।

गोरखा भर्तीबारे नेपाल, भारत र बेलायतबीच सन् १९४७ नोभेम्बर ९ मा सम्झौता भएको थियो । सम्झौतामा बेलायतका तर्फबाट एसिबी साइमन, भारतका तर्फबाट लेफ्टिनेन्ट कर्णेल कनवार दयासिंह बेदी र नेपालका तर्फबाट प्रधानमन्त्री पद्मशमशेर राणाले हस्ताक्षर गरेका थिए । हस्ताक्षरकर्ता बेलायतीको हैसियत त्यतिबेला खुलाइएको थिएन । उनी साधारण अधिकृत मात्रै थिए । हस्ताक्षरकर्ताको प्रोटोकल मिलेको छैन भने सम्झौतालाई तीनै मुलुकको संसद्ले अहिलेसम्म अनुमोदन गरेका छैनन् ।

कहाँ–कहाँ युद्ध लडे नेपालीले ?
बेलायत र भारतीय सेनामा भर्ती भएका नेपाली दुई दर्जनभन्दा बढी लडाइ“मा सहभागी भएका छन् । भारतीय गोरखाका तर्फबाट नेपालीले सन् १९६२ मा चीनसँग लडेका थिए । पाकिस्तानसँग १९६५ मा र बंगलादेश स्वतन्त्रताका वेला सन् १९७१ मा र १९९९ मा कार्गिलमा युद्ध लडेका छन् ।

श्रीलंकाको लिट्टे अपरेसनमा सन् १९८७ मा पनि नेपालीले युद्ध लडेका थिए । गोरखा सैनिक १९४८ मा हैदरावाद प्रहरी कारबाही, १९९९ मा कार्गिल लडाइ“मा योगदान पुर्‍याएको भन्दै भारतको प्रसिद्ध परम वीर चक्र, अशोक चक्र, महावीर चक्रजस्ता सम्मानबाट पनि विभूषित छन् ।

बेलायतका तर्फबाट नेपाली युवाले एक दर्जनभन्दा बढी युद्धमा सहभागिता जनाएका छन् । सन् १८८९ मा इजिप्ट, सन् १८९० मा रसिया र मध्य एसियामा नेपालीले लडेका थिए । दुईवटा विश्वयुद्धमा सहभागिता जनाएका गोरखालीले इरान, इराक, कोसोभो, सियरालियोन, ग्रिस, इटली, जापान, जर्मनी, ककेससमा बेलायतका पक्षमा लडेका थिए ।

मलेसियाको गुरिल्ला वार, सिंगापुर, इन्डोनेसिया र मलेसियाको सीमा विवाद, ब्रुनाई विद्रोह र अर्जेन्टिनाको फकल्यान्डमा पनि गोरखालीले बेलायतका तर्फबाट युद्ध लडेका थिए । बेलायतले १२ जना गोरखालाई भिक्टोरिया क्रसको सम्मान दिए पनि पेन्सन र अन्य सुविधा नपाएरै उनीहरूमध्ये धेरैको मृत्यु भइसकेको छ ।


-गोरखा सैनिक आवाजबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७