बजाजको ग्राण्ड एक्सचेन्ज मेला भृकुटीमण्डपमा


१४ आश्विन २०७६, मंगलवार
bajaj zH2QoXdXo5

काठमाडौं, १३ असोज । नेपालका लागि बजाज मोटरसाईकलको एक मात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले ‘बजाज ग्राण्ड एक्सचेन्ज मेला’ ल्याएको छ ।

असोज १२ गतेदेखि शुरु भएको यो अफर असोज १६ गतेसम्म लागू हुनेछ र ग्राहकहरुले भृकुटीमण्डपमा गएर आफ्नो कुनै पनि ब्राण्डका पुराना मोटरसाईकल तथा स्कुटर बजाजको नयाँ मोटरसाईकलसँग एक्सचेन्ज गर्न सक्नेछन् ।

कम्पनीले कुनै पनि पुराना मोटरसाईकल तथा स्कुटरको एक्सचेन्जमा न्यूनतम ३०,००० सम्मको मूल्याकंन र प्रचलित बजार भ्यालुयसन भन्दा थप १५,००० प्रदान गर्नेछ । ग्राहकहरुले नयाँ बजाज मोटरसाईकलको खरिदमा निशुल्क हेल्मेट, बाईक कबर, ल्यापटप ब्याग र लेग गार्ड जस्ता एक्सेसरिज पाउने छन् ।

बजाजको ग्राण्ड एक्सचेन्ज मेलासँगै टेस्ट राइड पनि संचालन भइरहेको छ र ग्राहकहरुले हरेक टेस्ट राइडमा आकर्षक उपहारहरु पनि पाउनेछन् । ग्राहकहरुले यो बजाजको ग्राण्ड एक्सचेन्ज मेलामा पुरानो बाइकबाट नयाँमा अप्ग्रेड गरेर अधिक मुल्याकंन, अझ बढि खुसी र लाभ उठाउन सक्नेछन् ।

हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा।लि सदैव देशभर रहेको आफ्ना ग्राहकहरुलाई खरिद तथा बिक्रीमा उचित मूल्याकंन साथै उच्च गुणस्तरको सेवा प्रदान गर्न प्रतिबद्ध रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७