कावासोतीमा एकैदिन माछापुच्छ्रे बैंकका दुई शाखा रहित बैंकिंक सेवा


१४ आश्विन २०७६, मंगलवार
machhapuchre c aswa sewa4163

नवलपुर,१४ असाेज। माछापुच्छ्रे बैंकले कावासोतीमा दुईवटा शाखा रहित बैंकिंक सेवा विस्तार गरेको छ । कावासोती १७ मा माछापुच्छे बैंकको १२९ औँ ग्राहक सेवा केन्द्रका रुपमा र कावासोती ६ मा १३० औँ ग्राहक केन्द्रका रुपमा विस्तार गरेको कावासोतीका शाखा प्रबन्धक शेषराज पोखरेलले बताए ।

माछापुच्छ्रे बैंक कावासोतीमा शाखा प्रबन्धक शेषराज पोखे्रेलको अध्यक्षतामा गरिएको कार्यक्रममा संघिय सांसद तिलक महतको प्रमुख आतिथ्यता रहेको थियो । समुद्घाटन कार्यक्रममा बोल्दै बैंक तथा वित्तिय संस्थाले पर्यटन र कृषिको क्षेत्रलाई प्राथमिकतामा राखेर अगाडि बढ्नु पर्ने बताए । यो संगै बैंक तथा वित्तिय संस्थाले घर घरमा पुगेर वित्तिय साक्षरता प्रधान गर्न पनि आग्रह गरे ।

त्यस्तै कार्यक्रममा कावासोती नगरपालीकाका उपमेयर प्रेम शखर मर्दनिया,नवलपुर उद्योग वाण्जिय संघ नवलपुरका अध्यक्ष डासुराज पोखरेल ,वडा नं १७ का वडा अध्यक्ष छविलाल महतो विशेष अतिथीका रुपमा उपस्थित भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७