दशैंको मुखमा ह्वातै बढ्यो सुनको भाउ


१६ आश्विन २०७६, बिहीबार
gold 2

काठमाडौं, १६ असोज । केहि दिनअघि केहि घटेको सुनको भाउ फेरि ह्वातै बढेको छ । दशैंको टीका नजिकिएसँग आज सुनको मूल्य प्रतितोला रु .एक हजार एक सय रुपैंयाँले बढेको छ ।

बिहीवार छापावाल सुन प्रतितोला ७० हजार ९ सय रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

आज तेजावी सुन प्रतितोला ७० हजार ६ सय रुपैयाँमा किनबेबच भइरहेको छ । बुधवार छापावाल सुन प्रतितोला ६९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । नेपाली सुन चाँदी बजारमा बिहीबार सुनसँगै चाँदीको मूल्यमा पनि बृद्धि भएको छ । आज चाँदी प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधवार चाँदी प्रतितोला ८ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७