दशैं छुट्टीको फाइदा ‘वार’ लाई, सात दिनकै कमाई दुई सय करोड


२३ आश्विन २०७६, बिहीबार
war ySNSsoCWZZ

मुम्बई, २३ असोज । गत २ अक्टोबरमा रिलिज भएको बलिउड चलचित्र ‘वार’ सन् २०१९ मा सबैभन्दा चाँडो २ सय करोड भारतीय रुपैयाँ कमाउने चलचित्र बन्न सफल भएको छ । भारतमा चलचित्रले ७ दिनमा नै यो आँकडा पार गरेको हो ।

मङ्गलबार दशैंको छुट्टीको फाइदा यो चलचित्रलाई भयो । यसको हिन्दी संस्करणले सोमबारको तुलनामा ७ करोड बढी कमाइ गर्दै २७.७५ करोड भारु कमायो ।

सात दिनमा चलचित्रले कूल २१६.६५ करोड भारु आम्दानी गरेको छ । यसमा हिन्दी संस्करणको २०८.०५ र तमिल–तेलुगु भर्सनको ८.६ करोड भारु शामिल छ ।

ऋतिक रोशन र टाइगर श्रौफ अभिनित चलचित्र ‘वार’ ले अक्षय कुमारको ‘मिसन मंगल’ र सलमान खानको ‘भारत’ लाई पछि छाडेको छ । यो चलचित्र यो वर्ष सात दिनभित्र सबैभन्दा बढी कमाई गर्ने तेस्रो हिन्दी चलचित्र पनि बनेको छ ।

यस सूचीमा शाहिद कपुरको ‘कबीर सिंह’ र विक्की कौशलको ‘उरी : द सर्जिकल स्ट्राइक’ क्रमशः पहिलो र दोस्रो स्थानमा रहेको छ ।

चलचित्रले १ दिनमा नै ५० करोडभन्दा बढी कमाइ गरेको थियो भने ३ दिनमा नै १ सय करोडको आँकडा भेट्टाएको थियो । ‘वार’ सात दिनमा नै घरेलु बक्स अफिसमा २ सय करोड क्लबमा सामेल हुने चौथो चलचित्र पनि बनेको छ । यसअघि सञ्जु, टाइगर जिन्दा हे र सुल्तानले यो कमाल देखाएको थियो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७