तमु ल्होछार मनाइदै


Author
९ पुष २०७४, आईतवार
nisha khusam weding 4

न्यू योर्क । तमुहरुको महान पर्व तमु ल्होछार शनिबार विभिन्न साँस्कृतिक कार्यक्रम आयोजना गरि मनाइदै छ ।

गुरुङ, तमु सोसाइटी अमेरिकाले हरेक वर्ष सांस्कृतिक कार्यक्रम आयोजना गरी ल्होछार मनाउँछ । सोसाइटीले यसपटक शनिबार ज्याक्सन हाइटस्थित बेलेजिनो हलमा ल्होछार मनाउन लागेको हो । सम्पूर्ण गुरुङहरु एकजुट हौं, संस्कार र संस्कृतिको जगेर्ना गरौं भन्ने नाराका साथ ल्होछार मनाउन लागिएको आयोजकले जनाएका छन् ।

Khilochhar
गुरुङ भाषा ल्होको अर्थ वर्ग र छारको अर्थ नयाँ हुन्छ । वर्गको आधारमा उमेर गणना गर्ने भएकाले तमुले ल्होछारलाई नयाँ वर्षको रुपमा मनाइएको हो । तमु जातिले, यस बर्ष चरा वर्ग अर्थात च्हा ल्हो वर्गको विदाइ र कुकुर वर्ग अर्थात खिल्हो वर्गको स्वागत गर्दै ल्होछार मनाउँदै छन् ।

गुरुङ जातिले १२ जीवजन्तलाई आधार मानेर ल्होछार मनाउने गरेको गुरुङ तमु समाजका अध्यक्ष पदम गुरुङले बताए । गुरुङ संस्कृतिलाई जगेर्ना गर्न र अन्तराष्ट्र्रिय रुपमा चिनाउन बर्षेनी ल्होछार मनाउँदै आएको उनको भनाइ छ ।

तमु ल्होछार २०७४ को आव्हान, जातिय पहिचान सहितको प्रादेशिक नामांकन हाम्रो अभियान भन्ने नाराका साथ तमु ल्होछार देश तथा विदेशमा बसोबास गर्ने गुरुङहरुले मनाउँदै छन्

ल्होछार पर्वले गुरुङहरुबीच एकता, भाइचारा र आपसी सद्भाव कायम राख्न मद्दत पुग्ने आयोजकको दावी छ । तमु ल्होछार २०७४ को आव्हान, जातिय पहिचान सहितको प्रादेशिक नामांकन हाम्रो अभियान भन्ने नाराका साथ तमु ल्होछार देश तथा विदेशमा बसोबास गर्ने गुरुङहरुले मनाउँदै छन् । नेपालमा हरेक बर्ष पुष १३, १४, र १५ गते विभिन्न कार्यक्रम आयोजना गरी यो पर्व मनाइन्छ ।

कार्यक्रममा वृद्दवृद्दालाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । कार्यक्रम शनिबार साँझ ७ बजेदेखि बिहान २ बजेसम्म हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७