नेपाल भारत–उर्जा बैठक, प्रशारण लाइन बराबरी लगानीमा


२९ आश्विन २०७६, बुधबार
nepal india u80eAkJQCq

काठमाडौं, २९ असोज । नेपालमा उत्पादित बिजुली अन्य मुलुकमा लैजान महत्वपूर्ण पूर्वाधार मानिएको ४०० केभी क्षमताको न्यु बुटबल–गोरखपुर अन्तरदेशीय प्रशारण लाइन बराबरी लगानीमा बनाउन नेपाल र भारतबीच सहमति भएको छ ।

भारतको बैंग्लोरमा भएको नेपाल र भारतका ऊर्जा सविचस्तरीय बैठकले सोमबार प्रशारण लाइन निर्माणको मोडालिटी टुंग्याउने सहमति गरेको हो ।

बराबरी स्वपूँजी भएको कम्पनी स्थापना गरी प्रशारण लाइन बनाउने नेपाली पक्षको प्रस्तावमा भारतले सहमति जनाएको हो । कान्तिपुर दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७