‘ह्याप्पी डेज’ ट्रेलर सार्वजनिक, दयाहाङ र प्रियंकाको रोमान्स प्याकेज
काठमाडौं : चलचित्र ‘ह्याप्पी डेज’ले टिजर सार्वजनिक गरेको छ । मिलन चाम्सले निर्देशन गरेको नयाँ चलचित्रकाे ट्रेलर आइतबार सार्वजनिक भएको हो । सार्वजनिक ट्रेलरमा एक्सन, लभ तथा ड्रामाको स्वाद पस्किएको छ ।
लन्डन, अष्ट्रेलिया र हङकङमा प्रिमियर गरिएको यो चलचित्र १२ माघबाट देशभर रिलिजमा आउने तयारीमा छ । बेलायती आईडी होल्डर युवतीलाई प्रेममा पार्न संघर्ष गर्ने दुई युवकको संघर्षको कथा नै चलचित्र बिषयबस्तु हो ।
नायिका प्रियंका कार्की, नायक सञ्जय गुप्ताको प्रेममा छिन् भने दयाहाङ राई, प्रियंकालाई लभ नै नगरि सिधै सिन्दुर हाल्ने बताउँदैछन् । ट्रेलरबाटै स्पष्ट हुन्छ कि फिल्म त्रिकोणात्मक प्रेमकथामा आधारित छ ।
दयाहाङ राई, प्रियंका कार्की, संजय गुप्ता, विक्की जोशी, जोनिया लिम्बु अभिनित चलचित्रको अधिकांश छायांकन बेलायतमै गरिएको छ ।
साढे दुई करोड रुपैयाँ बजेटमा निर्माण भएको दाबी गरिएको चलचित्र ह्यापी डेज चाम्स इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको हो । चलचित्रमा बीपी खनालको प्रस्तुति, भवानी शर्मा, हीराल जोशी र चाम्सको निर्माण रहेको छ ।