सवारी दुर्घटनामा छ जनाको मृत्यु


११ कार्तिक २०७६, सोमबार
14 Shares
accident in river

काठमाडौँ, १२ कात्तिक । बितेका २४ घण्टामा काठमाडौँ, नवलपरासी (पूर्व), सुर्खेत, चितवन, सप्तरी, धनुषा र सिन्धुलीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी छ जना तथा मोरङमा भएको आगलागीमा परी एक जनाको मृत्यु भएको छ ।

काठमाडौँ, पाल्पा, सङ्खुवासभा, बझाङ, मकवानपुर, पर्सा, रौतहट, सोलुखुम्बु, बाँके, उदयपुर, ताप्लेजुङ र धनुषाका विभिन्न स्थानमा भएका आगलागीका घटनामा रु दुई करोड एक लाख ५० हजारबराबरको धनमाल नष्ट भएको छ ।

आगलागीमा करोडौँको क्षति
मोरङको पथरी शनिश्चरे नगरपालिका–५ कोठेबारीका युवराज गिरीको घरमा दिपावली गर्न बालेको दियोबाट आगो सल्किएर आइतबार राति आगलागी हुँदा घरभित्र सुतिरहेका उनका चार वर्षीय छोरा युसन गिरीको घटनास्थलमै जलेर मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

काठमाडौं महानगरपालिका–२६ सामाखुशीस्थित ‘टिरान्सा म्यानपावर’ को कार्यालयमा विद्युत् चुहावट भई आज बिहान आगलागी हुँदा रु १५ लाख बराबरको फर्निचरलगायत धनमाल नष्ट भएको छ ।

jagdamba.cement
rbbbb

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७