अभिनेत्री सृजना सुब्बाको गर्भावस्थाको विशेष फोटाेसुट


१५ कार्तिक २०७६, शुक्रबार
actress pregnent srijana subba

काठमाडौं, १४ कार्तिक । अभिनेत्री सृजना सुब्बाले गर्भावस्थाको विशेष फोटा सार्वजनिक गरेकी छिन् । केही दिनमा आमा बन्न लागेकी अभिनेत्री सुब्बाले विहिबार सामाजिक सञ्जालबाट १० गर्भावस्थाको फोटाे सार्वजनिक गरेकी हुन् ।

उनले जन्म लिन लागेको आफनो सन्तानको नाममा फोटो सार्वजनिक गरेकी बताएकी छिन् । उनले फोटो क्याप्सनमा लेखेकी छिन्,‘माया नै माया छ तिम्रो नाममा ।’

करियरमा असर पुग्ने मानसिकतामा सेलिब्रिटीले विवाह, गर्भावस्था र सन्तानका बारेमा समेत लुकाउने प्रचलन छ तर उनले यही भ्रम चिर्नलाई पनि मैले गर्भावस्थाको तस्बिर खिचाएको बताएकी छिन् ।

उनले आमा बन्नु हरेक महिलाको लागी निकै उत्साहजनक र खुसीको अवसर भएको समेत बताएका छिन् ।

भिनास मास्के र क्लु जैनको लेन्समा तेह्रथुमे ढाँका बुटिकका पहिरनमा सुन्दर प्रकृतिमा फोटो खिचिएकाे देखिन्छ ।
हेर्नुहोस् तस्बिर  

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७