टी–२० विश्वकप क्रिकेटका लागि छानिए १६ राष्ट्र, नेदरल्यान्ड्सलाई विश्वकप छनोटको उपाधि


१७ कार्तिक २०७६, आईतवार
t 20 worldcup selection

काठमाडौं, १७ कार्तिक (एजेन्सी) । सन २०२० मा अष्ट्रेलियामा आयोजना हुने टी–२० विश्वकप क्रिकेटमा लागि १६ राष्ट्र छानिएको छ । विश्वकप लागि १४ टिमबीच युएईमा भएको अन्तिम छनोट प्रतियोगिताबाट १६ राष्ट्रको टुंगो लागेको हो ।

अन्तिम छनोटबाट नेददल्यान्ड्स, पपुवा न्युगिनी, आयरल्यान्ड, स्कटल्यान्ड र ओमानले विश्वकपमा स्थान बनाएका छन् ।
अब छनोट भएका ६ टिमले बंगलादेश र श्रीलंकाबीच टी–२० विश्वकपको समूह चरणमा प्रतिस्पर्धा गर्नेछ । ४–४ टिमबीच हुने समूह चरणबाट २–२ टिम सुपर–१२ मा पुग्नेछन ।

यसअघि सन २०१८ को डिसेम्बरसम्म आइसिसीको टी–२० वरीयताको शीर्ष १० टिम टी–२० विश्वकपका लागि छनोट भएका थिए ।

शीर्ष आठमा पाकिस्तान, भारत, इंग्ल्यान्ड, अस्ट्रेलिया, दक्षिण अफ्रिका, न्युजिल्यान्ड, वेस्ट इन्डिज र अफगातिस्तान वरीयताको शीर्ष ८ मा पर्दै सुपर–१२ का लागि सिधै छनोट भएका थिए ।

पूर्व च्याम्पियन श्रीलंका र दशौं वरीयताको बंगलादेश टी–२० विश्वकपका लागि छनोट भए पनि दुवैले समूह चरणमा छनोट प्रतियोगिताबाट आएका ६ टिमसँग खेल्नु पर्नेछ ।

नेदरल्यान्ड्सलाई विश्वकप छनोटको उपाधि

नेदरल्यान्ड्सले आइसिसी टी–२० विश्वकप छनोटको उपाधि जितेको छ । शनिबार राति यूएईमा सम्पन्न फाइनलमा पपुवा न्युगिनीलाई ७ विकेटले हराउँदै नेदरल्यान्ड्सले विश्वकप छनोटको उपाधि जितेको हो ।

     १२९ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको नेददल्यान्ड्सले १९ ओभरको समाप्तिमा तीन विकेटको क्षतिमा लक्ष्य पूरा गरे । नेदरल्यान्ड्सको जितमा वेन कुपरले ४१, रियान टेन डोस्याटले अविजित ३४ र कोलिन एकरम्यानले नटआउट २९ रन बनाए ।

यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पपुवा न्युगिनीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १२८ रन बनाएको थियो ।

पिएनजीका लागि लेगा सिएकाले सबैभन्दा बढी ३९ रन र सिसी बाउले २९ रन बनाएका थिए ।
बलिङमा नेदरल् यान्ड्सका ब्रेन्डन ग्लोभरले ३ विकेट तथा भान मार्वी र भान टेरले २–२ विकेट हात पारे ।
नेदरल्यान्डका ग्लोभर म्यान अफ दि म्याच र नामिबियाका जेराल्ड इरामस म्यान अफ दि सिरिज भए ।

त्यस्तै, तेस्रो स्थानको लागि भएको खेलमा आयरल्य्यान्डले नामिवियालाई २७ रनले पराजित गरेको छ ।


विश्वकप खेल्ने टोली
पाकिस्तान, भारत, इंग्ल्यान्ड, अस्ट्रेलिया, दक्षिण अफ्रिका, न्युजिल्यान्ड, वेस्ट इन्डिज, अफगातिस्तान, श्रीलंका, बंगलादेश, पपुवा न्युगिनी ९पिएनजी०, आयरल्यान्ड, नेदरल्यान्ड्स, नामिबिया, स्कटल्यान्ड र ओमान

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७