मेगा बैंकले पायो ‘बैंक अफ दी एयर २०१९ अवार्ड’


२५ कार्तिक २०७६, सोमबार
megha bank

काठमाडौं,२५ कात्तिक। मेगा बैंक नेपाल लिमिटेडले बैंक अफ दी एयर २०१९ अवार्ड पाएको छ । शनिवार लण्डनमा आयोजित कार्यक्रममा दी बैंकर्स म्यागजिनले उक्त अवार्ड मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीलाई प्रदान गरेको बैंकले जनाएको छ ।

९ वर्षअघि स्थापना भएको यो बैंक नया पुस्ताको राम्रो बैंकमा गनिन्छ । १० अर्ब ३८ करोड चुक्ता पुँजी भएको यो बैंकको वासलात १०२ अर्ब रूपैयाँ बराबरको भएको छ । सर्बसाधारणले यस बैंकमा करिव ७९ अर्ब रुपैयाँ निक्षेप राखेका छन् ।


बैंकले सेयरधनीहरुलाई ११.७५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । मेगा बैंक नेपाल लिमिटेडले आर्थिक वर्ष २०७५र७६ मा १ अर्ब ७१ करोड ९३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

हाल १०२ वटा शाखा सञ्जाल रहेको मेगा बैंकको १९ वटा एक्टेन्शन काउन्टर, २५ सय भन्दा बढी मेगा रेमीट एजेण्ट र ११९ वटा शाखारहित बैंकिङ सेवा छन् । ६ लाख भन्दा बढी ग्राहकलाई बैकिङ सेवा दिदै आएको बैंकले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७