दयाहाङ र दियाकाे मुस्कान !


प्रकाशित मिति : December 28, 2017

काठमाडौं : फिल्म ‘मिस्टर झोले’ को पर्दा पछाडिका केही तस्बिरहरु सार्वजनिक भएको छ । फिल्मको गीत र ट्रेलरले हिट बनिसकेको फिल्म ‘मिस्टर झोले’का कलाकारहरुको मुस्कानसहित तस्बिर सार्वजनिक भएको हो । फिल्मको निर्माण टोलीले छायांकनका क्रममा, निर्देशक रामबाबु गुरुङले कलाकारलाई संवाद सिकाउँदै गरेको देख्न सकिन्छ । फिल्म पौष २८ गतेबाट रिलिजमा आउँदैछ ।
केहि तस्बिरमा फिल्मकी मुख्य हिरोइन बर्षा राउत मुस्कुराएकी छिन् । बर्षा यो फिल्ममा वुद्दि तामाङकी जोडीको रुपमा देखिएकी छिन् । उनलाई दर्शकले शिक्षिकाको भूमिकामा देख्न  सक्छन् ।
यस्तै फिल्ममा अभिनेता दयाहाङ राई र अभिनेत्री दिया पुनको जोडी जमेको छ । साथमा, विजय बराल, कमलमणि नेपाल लगायतका कलाकारले फिल्ममा काम गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्