कुवेत र एएफसीले नपत्याएको दशरथ रङ्गशाला (हेर्नुहोस २० तस्बिर)


२६ कार्तिक २०७६, मंगलवार
dasaratha rangasala दशरथ रङ्गशालाpg 14

काठमाडौं, २६ कार्तिक । यही मंसिर ३ गते हुने नेपाल र कुवेतबीचको खेल दशरथ रंगशालामा हुने खेल भुटानमा हुने भएको छ । विश्वकप छनोट खेलाउनका लागि अन्तर्राष्ट्रिय मापदण्ड नपुगेको भन्दै एसियाली फुटबल महासंघ (एएफसी)ले दशरथ रंगशालामा खेलाउने नमिल्ने निर्णय गरेको थियो ।

dasaratha rangasala दशरथ रङ्गशालाpg 2

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले पूर्वाधार तथा अखिल फुटबल संघ (एन्फा)ले मैदानको जिम्मा लिएर काम अघि बढाएपनि एएफसी त्यसबाट सन्तुष्ट हुन सकेन् । भने दशरथ रंगशालामा खेल खेल्न नसक्ने भनेर कुवेत एएफसिले रिर्पोट गरेका थिए ।

सोही खेल न्युट्रल भेन्युका रुपमा भुटानको चाङलिमिथाङ रंगशालामा हुने भएको छ । खेल गराउन नसकेकोमा एन्फाले फुटबल समर्थकसँग माफी मागेको छ ।

विश्व कप छनोटको अवे खेलमा नेपाल कुवेतसँग ७–० ले पराजित भएको थियो । त्यसपछिको खेलमा चाइनिज ताइपेमाथि २–० को जित हासिल गरेको नेपाल त्यसपछिका दुई खेलमा लगातार पराजित भएको थियो । गत महिना नेपाली टोली अष्ट्रेलियासँग ५–० र जोर्डनसँग ३–० ले पराजित भएको थियो ।

२०७२ बैशाख १२ को विनाशकारी भूकम्पपछि दशरथ रंगशालामा कुनै पनि फुटबल खेल हुन सकेको छैन ।

नेपालकै सबैभन्दा ठूलो रङ्गशाला दशरथ रङ्गशालाको पुनर्निर्माणको काम मैजारोतिर आइपुगेको छ । २०७२ सालको भूकम्पले रङ्गशाला क्षतिग्रस्त भएको थियो ।

dasaratha rangasala दशरथ रङ्गशालाpg 8

dasaratha rangasala दशरथ रङ्गशालाpg 13

९० प्रतिशत काम सकियाे

भारतीय नाकाबन्दीका कारण देखाउँदै लामो समयसम्म पुनर्निर्माणको कार्य स्थगित भएको रङ्गशालामा अहिले द्रुत गतिका काम अगाडि बढिरहेको छ । हालसम्म रङ्गशाला निर्माणको ९० प्रतिशत काम पूरा भएको जनाइएको छ ।

अब मुख्य गरी ‘भीआइपी’ प्याराफिट र छाना हाल्ने काम मात्र बाँकी रहेको छ । रङ्गशाला पुनर्निर्माण लागि २०७१–७२ मा करिब तीन करोडको बजेट छुट्याइएको थियो । बिसं २०२२ सालमा निर्माण भएको अन्तर्राष्ट्रियस्तरको दशरथ रङ्गशाला करीब २० हजार दर्शक क्षमताको हो ।

अहिले रङ्गशाला निर्माणका कामदारहरु खटिरहेको देख्न सकिन्छ । रङ्गशाला पुनर्निर्माणसँगै यसको सुन्दरता निकै चम्किएको छ । 

नेपालले ४ खेल खेलिसकेको छ। जसमा ३ खेलमा हार र १ खेलमा जित निकालेको थियो। नेपालले चाइनिज ताइपेईसँग २–० को जित बाहेक अरु टिमसँग पराजय भोगेको थियो।

त्यस्तै कुवेतले समूहमा ३ खेल खेलेको छ जसमा १ जित, १ हार र १ बराबरी खेलेको छ। कुवेतले उसको ‘होम गेम’मा नेपाललाई ७-० ले पराजित गरेको थियो। कुवेत ४ अंकसहित तालिकाको तेस्रो स्थानमा छ भने नेपाल तीन अंकसहित चौथो स्थानमा छ।

समूहको शीर्षस्थानमा भने ९ अंकसहित ३ खेलमा शत प्रतिशत जित निकालेको अस्ट्रेलिया छ। दोस्रो स्थानमा ७ अंक सहित जोर्डन छ। त्यस्तै ३ खेल खेलेर जितविहीन रहेको चाइनिज ताइपेइ तालिकाको पुछारमा छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७