बलात्कार अभियोगमा सात वर्ष जेल


२९ कार्तिक २०७६, शुक्रबार
jail Yl2qtyT8Xr

काठमाडौँ, २९ कार्तिक । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–९ गैरुनका २५ वर्षीय विनोद परियार बलात्कार अभियोगमा ७ वर्ष जेल चलान भएको छ ।

उदयपुर जिल्ला अदालतले स्थानीय १५ वर्षीय किशोरीलाई बलात्कार गरेको अभियोगमा सात वर्षको जेल सजाय र पाँच हजार दण्ड जरिवाना गर्ने फैसला गरेपछि परियार जेल चलान भएको हो ।

बिहीबार जिल्ला न्यायाधीश दीपक खनालको इजलासले परियारलाई किशोरी बलात्कार गरेको अभियोगमा सात वर्षको जेल सजाय र पीडितलाई पाँच हजार क्षतिपूर्ति भराउने फैसला गरेको अदालतका स्रेस्तेदार राजकुमार आचार्यले जानकारी दिए ।

विसं २०७५ माघ २९ गते परियारले किशोरीलाई बलात्कार गरेको पीडितका आफन्तले प्रहरीमा जाहेरी गरेपछि फागुन २६ गते पक्राउ गरेर चैतदेखि अभियुक्तलाई बलात्कारसम्बन्धी मुद्दा चलाइएको पनि जिल्ला अदालत उदयपुरले बताएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७