कर्मचारीको सरुवा–बढुवामा मन्त्रीले नै घुस खान्छन् : वरिष्ठ नेता नेपाल


२ मंसिर २०७६, सोमबार
madhav kumar nepal 2

भक्तपुर, २ मंसिर । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले मन्त्रीहरूले कर्मचारीको सरुवा–बढुवामा घुस लिने काम मन्त्रीहरुबाट हुने गरेको बताएका छन् ।

नेता र मन्त्रीहरूले घुस लिएर कर्मचारी नियुक्ति, सरूवा र बढुवा गर्ने गरेकाले मुलुकको सबै क्षेत्र बिग्रेको उनले औंल्याए । ‘कर्मचारी नियुक्तिमा घुस, सरूवामा घुस, बढुवामा घुस लिने काममा नेता, मन्त्रीहरू आफैं संलग्न छन्,’ काठमाडौंमा सोमबार भएको एक कार्यक्रममा नेता नेपालले भने, ‘यसै कारण मुलुकको सबै क्षेत्र बिग्रेको छ ।’

स्थानीय तहमा करोडौं बजेटमाथि लुट मच्चाउने काम भइरहेको पनि उनले बताए । ‘कर्मचारीसँग मिलेर स्थानीय तहमा लुट मच्याइराखेका छन्, सरकारले उनीहरूमाथि कडा कारबाही गर्नुपर्छ,’ उनले भने । मुलुकमा लुट मच्चाउनेहरूको सात पुस्ते सम्पत्ति जफत गर्नुपर्ने उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७