२१ औं एशियाली आर्चरी छनौट प्रतियोगितामा जाने खेलाडीलाई बिदाई


३ मंसिर २०७६, मंगलवार
TH4B1447 scaled

काठमाडौं, ३ मंसिर । नेपाल ओलम्पिक कमेटीको अध्यक्ष जीबन राम श्रेष्ठले टोकियोमा आयोजना हुने २१ औं एशियाली आर्चरी छनौट प्रतियोगितामा सहभागी हुने नेपाली खेलाडीलाई बिदाई गरेका छन् ।

सहभागी हुने खेलाडीमा ज्ञानु अवाले, तिलक पुनमगर र आइशा तमाङ ब्यबस्थापकमा दिपकराज गुरुङ रहेको छ । खेलाडीहरूले २१ औं एशियाली आर्चरी च्याम्पियनशिपका साथै टोकियो २०२० का लागि थाइल्याण्डमा २१ देखि २ नोभेम्बरसम्म हुने कन्टिनेन्टल छनोट प्रतियोगितामा भाग लिने छन् ।

श्रेष्ठले मंलबार नेपाल ओलम्पिक कमेटीको हलमा बोलाएर टोकियोमा आयोजना हुने प्रतियोगितामा सहभागी हुने नेपाली खेडालीलाई फूलको माला लगाएर विदाई गरेका हुन् ।  त्यस अवसरमा श्रेष्ठले प्रतियोगितामा सफल हुन पनि नेपाली खेलाडीहरुलाई अग्रिम शुभकामना दिए ।

TH4B1441

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७