लोकप्रिय बन्दै सिटिजन शुभारम्भ जीवन बिमा योजना


४ मंसिर २०७६, बुधबार
citizen logo jan 30 2019

काठमाडौं,४ मंसिर । ग्राहकवर्गहरुको सुरक्षा र निश्चिन्तताको लागि नवीनतम जीवन बिमा योजनाहरु पस्किने क्रममा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हालसालै प्रचलनमा ल्याएको ‘सिटिजन शुभारम्भ जीवन बिमा योजना’ लोकप्रिय बनेको छ ।

प्रचलनमा आएको केही दिनमै ‘सिटिजन शुभारम्भ जीवन बिमा योजना’ले नेपालीहरुको मन जित्न सफल भएको छ । कार्तिक २१ गते एक विशेष कार्यक्रमको आयोजना गरी व्यवसायिक शुरुवात गरिएको उक्त बिमा योजनामा हालसम्म ३,००० भन्दा बढी बिमितहरु आवद्ध भएका छन् ।

बिमितहरुको भावी योजनाहरुलाई सार्थक बनाउनको लागि १० हजारको न्यूनतम बिमाङ्क रकममा बिमा गर्न सकिने यस बिमा योजनाले बिमा अवधिभर जोखिम बहन गरी बिमितहरुलाई आर्थिक सुरक्षा प्रदान गर्दछ ।

यस योजना मार्फत बिमितले साधारण मृत्युमा बिमाङ्कको डबल रकम एवम् दुर्घटना मृत्युमा बिमाङ्कको तीन गुणा तथा नियमानुसारको बोनस रकम प्राप्त गर्न सक्नेछन् ।

यसका साथै स्थायी पूर्ण अशक्तता लाभ, बिमाशुल्क छुट लाभ, मासिक आय लाभ, काजक्रिया खर्च सुविधा र ५० लाखसम्मको घातक रोग उपचार खर्च जस्ता सुविधाहरु समेत यो योजनामा उपलब्ध रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७