एनसेलको नयाँ सेन्टर नेपालगञ्जमा


७ मंसिर २०७६, शनिबार
1574409935ncl scaled

काठमाडौं, मंसिर ७ । एनसेलले नेपालगञ्जको पुष्पलाल चोकमा नयाँ सेन्टर संचालनमा ल्याएको छ।

एनसेलका प्रमुख प्रविधि अधिकृत अदिल इस्रारले बिहीबार उक्त सेन्टरको उद्घाटन गरेका हुन्।नयाँ सेन्टर उद्घाटनको अवसरमा कम्पनीले योजना पनि ल्याएको छ।

यो योजनाअन्तर्गत मंसिर ५ देखि ७ गतेसम्म नेपालगञ्ज सेन्टरबाट सिम कार्ड खरिद गर्नेले १ जीबी डेटा भोलुम निःशुल्क पाउँनेछन्।

प्राप्त डेटा भोलुम ३ दिनको लागि मान्य रहने एनसेलले बतायो। एनसेलले देशका विभिन्न भागमा ३० वटा एनसेल सेन्टरहरु संचालन गर्दै आएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७