एथलेटिक्समा ऐतिहासिक स्वर्णसहित नेपाललाई १३ औँ सागको दोस्रो दिन आठ स्वर्ण (सूचीसहित)


१७ मंसिर २०७६, मंगलवार
2nd south asin games medal12 scaled

काठमाडौं, १७ मंसिर । १३ औँ दक्षिण एसियाली खेलकुद (साग)को दोस्रो दिन नेपालले एथलेटिक्समा ऐतिहासिक स्वर्ण सहित आठ स्वर्ण जितेको छ । आज(मंगलबार) आठ स्वर्ण जितेसँगै नेपालले २३ स्वर्ण जित्दै शीर्ष स्थामै छ ।

मंगलबार नेपालले कराते, तेक्वान्दो, उसुमा समान दुई–दुई र दुआथलनमा एथलेटिक्समा समान एक–एक स्वर्ण जिते । सोमबार नेपालले कराँतेमा सात, तेक्वान्दोमा सात र ट्रायलथनमा १ गरी १५ स्वर्ण जितेको थियो ।

नेपालले २३ स्वर्ण, ९ रजत, १२ कास्य गरि जम्मा ४४ पदक जितेको छ । भने भारत १२  स्वर्ण, १२ रजत र ९ कास्य सहित दोस्रो स्थानमा छ ।

tabale

मनिषाको एथलेटिक्समा ऐतिहासिक स्वर्ण
नेपालले सागमा एथलेटिक्स महिलाहरूको १० हजार मिटर दौडमा सन्तोषी श्रेष्ठले पहिलो पल्ट नेपाललाई स्वर्ण दिलाइन् । उनले भारतकी कविता यादवभन्दा मिलि सेकेन्डले मात्रै अगाडि रहेकी थिइन् । उनले ३५ मिनेट ७.९४ सेकेन्डमा दौड पूरा गरिन् । नेपाली महिला एथलेटिक्समा सागमा यसअघि नेपालको यस विधामा उत्कृष्ट प्रदर्शन कान्छीमाया कोजुले सन् २००६ को श्रीलङ्का सागमा जितेको रजत पदक थियो ।

santoshi

उसुको दुई  स्वर्ण
आज (मंगलबार)बाट सुरु भएको उसुमा  नेपालले दुई  स्वर्ण जितेको छ । नेपालले उसुको थाउलो अन्तर्गत पुरुष र महिला छानछ्वानमामा स्वर्ण जितेको हो । महिलामा सुस्मिता तामाङले स्वर्ण जितिन् भने पुरुषमा विजय सिञ्जालीले थाउलोतर्फ छानछ्वानमा स्वर्ण जितेका हुन् ।

usu

करातेमा समान दुई–दुई स्वर्ण, रजत र कास्य
नेपालले मंगलबार कराँतेमा समान दुई–दुई स्वर्ण, रजत र कास्या जितेको छ । नेपालका लागि ६७ केजी तौल समूहमा नबिन रसाइली र ६८ केजी तौल समूहमा सुनिता महर्जनले स्वर्ण जिते ।

यसैगरी अनु गुरूङ  र कुशवाहले रजत पदक जिते भने  राजिव पुडासैनी र मनिषा चौधरीले कास्य पदक जितेका छन् ।

 

तेक्वान्दोमा थप दुई स्वर्ण, एक-एक रजत र कास्य
तेक्वान्दोमा नेपालले  मंगलबार दुई स्वर्ण, एक रजत र एक कास्य जितेको छ । सातदोबाटोस्थित तेक्वान्दो हलमा आज( मंगलबार) भएको चार स्वर्णको लागि भएको प्रतिष्पर्धा नेपालको वीरबहादुर महरा र काजल श्रेष्ठले स्वर्ण जिते । तेक्वान्दोको ग्यारोगीतर्फ वीरबहादुर महराले पुरुष ६८ केजीमुनिको तौल समूहमा र काजल श्रेष्ठले ग्यारोगीतर्फ महिला ४६ केजीमुनि तौल समूहमा स्वर्ण पदक जितेका हुन् । 

यसैगरी ५७ केजी मुनीको तौल समुहमा निमा गुरुङले रजत पदक  र पुरुष ५४ केजी मुनीको तौल समुहमा मनोज मल्लले कास्य पदक जिते ।

 ट्रायथोलन  एक स्वर्ण
पोखरामा सम्पन्न स्प्रिन्ट विधाको डुवाथोलन प्रतिस्पर्धामा नेपालले पुरुषतर्फ एक स्वर्ण र एक रजत पदक जितेको छ । त्यसैगरी डुवाथोलनको महिलातर्फ नेपाल एक रजत पदक जित्न सफल भयो ।

टमाटाले पाँच किमी दौड, २० किमी साइकल र पुनः दुई दशमलव पाँच किमी दौड ५७ मिनेट ३३ सेकेण्डमा पूरा  स्वर्ण पदक दिलाए। नेपालकै लक्ष्मण मल्लले निर्धारित दूरी ५९ मिनेट १३ सेकेण्डमा पूरा गरी रजत जित्न सफल भए ।  नेपालका भूमि बुढामगरले रजत पदक जित्न सफल भइन् ।

ट्रायथोलनमा पाँच स्वर्ण, पाँच रजत र पाँच काश्य गरी १५ पदकका लागि प्रस्पिर्धा भइरहेको छ । ट्रायथोलनमा सोमबार भएको प्रतिस्पर्धामा महिलातर्फ नेपाल तथा पुरुषतर्फ भारतले स्वर्ण पदक जितिसकेको छ ।

नेपालले अहिलेसम्म प्राप्त गरेको पदक
स्वर्ण पदक

१.कराते (एकल काता) – मण्डेकाजी श्रेष्ठ

२.कराते (टिम काता, पुरुष ) – मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर

३.कराते (टिम काता ,महिला)– निर्मला तामाङ, संगिता मगर, सरु कार्की

४.कराते (५५ केजी) – लक्ष्मण तामाङ

५.कराते(८४ केजीमाथि)–विप्लवलाल श्रेष्ठ

६.कराते (४५ केजी मुनी)– कुसुम खड्का

७.कराते (५० केजी मूनि) अनु अधिकारी

८.कराते (६७ केजी) नवीन रसाइली

९.कराते (६८ केजी)– सुनिता महर्जन

१०.तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) – कमल श्रेष्ठ

११.तेक्वान्दो पुम्से ( १७ –२३ वर्ष )– सिना मादेन लिम्बु

१२.तेक्वान्दो पुम्से (२३ –२९ वर्ष ) – पार्वती गुरुङ

१३.तेक्वान्दो पुम्से (२९ वर्ष माथि ) – आयशा शाक्य

१४.तेक्वान्दो पुम्से (२९ वर्ष माथि )( आयशा शाक्य र सञ्जिकुमार पाण्डे

१५.पुम्से महिला टिम (१७–२३ वर्ष) – निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना

१६.पुम्से महिला टिम (२३–२९ वर्ष) – निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राई

१७. तेक्वान्दो (४६ केजी मुनि)– काजल श्रेष्ठ

१८. तेक्वान्दो (६८ केजी मुनि) – वीरबहादुर महरा

१९.ट्रायथलन – सोनी गुरुङ

२०.डुवाथोलन – हिमाल टमाटा

२१. उसु (थाउलो) – विजय सिन्जाली

२२. उसु (थाउलो) – सुस्मिता तामाङ

२३.एथलेटिक्स (१० हजार मिटर)– सन्तोषी श्रेष्ठ

रजत पदक

१.कराते (एकल काता) – चन्चला दनुवार

२.तेक्वान्दो पुम्से (१७–२३ वर्ष)– कृष्णबहादुर तामाङ

३.कराते (८४ केजी मूनि)– दिवस श्रेष्ठ

४.कराते (६१ केजी )– अनु गुरुङ

५. कराते (७५ केजी)– गंगाराम थारु

५.डुवाथोलन – लक्ष्मण मल्ल

६. डुवाथोलन – हुमी बुढा मगर

७. महिला भलिबल

कास्य पदक

१.तेक्वान्दो पुम्से (२९ वर्ष माथि) –रेजिन रिमाल

२.तेक्वान्दो पुम्से (१७–२३ वर्ष) – अस्मिन राउत र सिना मादेन लिम्बु

३.तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) – जितबहादुर बोट र पार्वती गुरुङ

४.पुरुष टिम पुम्से १७ –२३ वर्ष – शीशिर श्रेष्ठ, अष्मिन राउत, दीपेन्द्र गुरुङ

५.पुरुष टिम पुम्से (२३ वर्षमाथि ) – कमल श्रेष्ठ, जितबहादुर बोट र प्रेमबहादुर लिम्बु

६.ट्रायथलन – बसन्त थारु

७.कराते – राजीव पुडासैनी

८. एथलेटिक्स (१५०० मिटर) – टंक कार्की

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७