दुई अर्बमा नाइट क्लबसहितको ‘स्काई वाक टावर’ बनाइने


२१ मंसिर २०७६, शनिबार
sky walk tower

काठमाडौं, २१ मंसिर । काठमाडौंको कमलादीमा ‘स्काई वाक भ्यू टावर’ बन्ने भएको छ । वन्डरर्स नेपाल प्रालिले दुई अर्बको लागतमा नाइट क्लबसहितको ‘स्काई वाक टावर’ बनाउने भएको हो । 

शनिबार आयोजित एक कार्यक्रममा उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई लगायतले टावरको शिलान्यास गरे ।

कार्यक्रममा वण्डर्स नेपालका अध्यक्ष आकर्षण पोखरेलले देशभरका विज्ञ इन्जिनियर तथा डिजाइनरहरुबाट अध्ययन गराई यो टावरको निर्माण गर्न लागिएको जानकारी दिए ।

१३.२ रोपनी जग्गामा बन्ने ७८ मिटर उचाइको उक्त टावर २८ वर्षको लागि भाडामा लिएको कम्पनीले जनाएको छ । उक्त स्काई टावरको लिफ्ट चढेपछि ग्राउण्ड फ्लोरबाट सिधै ६८ मिटरमा मात्र लिफ्ट रोकिन्छ । त्यहाँ ८र१० ओटा कोठा, मिटिङ हल हुने कम्पनीले जनाएको छ ।

त्यसको माथि एक सय जना अट्ने रेष्टुरेन्ट हुनेछ भने सबभन्दा टपमा स्काई वाक हुनेछ । टावरमा मनोरन्जनका लागि नाइट क्लबहरु पनि सञ्चालन गरिनेछ । १८ महिनामा काम सक्ने कम्पनीले जनाएको छ ।

उक्त स्काई वाक टावरमा ११ जना लगानीकर्ता छन् । टावर बनाउने जिम्मा अमर कन्ट्रक्सनले पाएको छ भने स्टिल स्ट्रक्चरको जिम्मा सेफ स्टिलले पाएको छ ।
स्काई वाक टावर दैनिक ४ हजार ४ सय जनालाई अवलोकन गराउन सक्ने क्षमताको हुनेछ ।

पर्यटन क्षेत्रको विकासमा कोसे ढुंगा सावित हुने : मन्त्री पोखरेल
दुई अर्ब लागमा निर्माण हुन लागेको टावरले पर्यटन क्षेत्रको विकासमा कोसे ढुंगा सावित हुने उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले बताए । शिलान्यास कार्यक्रमपछि शुभकामना मन्तव्य दिँदै मन्त्री पोखरेलले देशको पर्यटन क्षेत्रको विकासका लागि प्राकृतिक सम्पदासँगै मानव निर्मित संरचना पनि महत्वपूर्ण हुने विश्वास व्यक्त गरे।

‘मावन निर्मत यस्ता योजनाले पर्यटन क्षेत्रमा महत्वपूर्ण अर्थ राख्छ’ उनले भने, ‘दक्षिण एसियाकै पहिलो टावर भएकाले पनि यो टावर पर्यटन विकासमा कोशेढुंगा सावित हुनसक्छ।’

यस्तै शिलान्यास कार्यक्रमा पुगेका नेपालको आर्थिक उन्नतिको प्रमुख आधार पर्यटन क्षेत्र भएको उल्लेख गर्दै काठमाडौंको केन्द्रमा बन्न लागेको स्काईवाल्क टावरले पर्यटन विकासमा महत्वपूर्ण हुने बताए। उनले यस्तो संरचना निर्माण हुँदा पर्यटकको बसाई लम्बिने विश्वास समेत व्यक्त गरे ।

दक्षिण एसियामा नेपालको अर्को परिचय थप हुन्छ : मुख्यमन्त्री राई

कार्यक्रममा प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले स्काई वाक टावरले विश्वको नजरमा दक्षिण एसियामा नेपालको अर्को परिचय नै थप गर्ने विश्वास व्यक्त गरे । मुख्यमन्त्री राईले आम नेपाली युवाहरुको सपना नै यथार्थको बाटोको रुपमा एउटा उदाहरणको लागि स्काई वाक टावर रहेको उल्लेख गर्दै समृद्ध नेपालको राष्ट्रिय चाहनालाई पुरा गर्न उक्त कार्यले विशेष भूमिका निर्वाह गर्ने उल्लेख गरे ।

गरे सम्भव हुन्छ भन्ने प्रमाणित गर्नेमा विश्वास रहेको उल्लेख गर्दै मुख्यमन्त्री राईले टावर निर्माणले देश निर्माणको अभियानमा जुटेकालाई मार्गनिर्देश तथा आधार तयार गरेको समेत बताए । उनले स्काई वाक टावरले नेपालको अर्को परिचय नै थप हुने भएको समेत दावी गरे ।

उक्त स्काई वाक टावर तीन सय करोडको लगानीमा ७८ मिटर अग्लो बन्ने भएको छ । उक्त टावर शिलान्यास गरिएको १८ महिनाभित्रमा निर्माण सम्पन्न गरिसक्ने निर्माण कम्पनीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७