रजत जित्दै नेपाली महिला ह्यान्डबलले रच्यो इतिहास


२२ मंसिर २०७६, आईतवार
heandball

पोखरा, २२ मंसिर । १३ औं संस्करणको दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा नेपाली महिला ह्याण्डबलले नयाँ इतिहास बनाएका छन् । आज(आइतबार) सकिएको खेलमा नेपाली महिला ह्याण्डबलले रजत जित्दै सागमा नयाँ इतिहास रचेका हुन् ।

सागमा उत्कृष्ट प्रदर्शन गर्दै महिला ह्याण्डबलमा नेपालले पहिलो पल्ट रजत पदक जित्न सफल भएको हो । यस अघि १२ औं सागमा नेपाली महिला ह्याण्डबल टिमले चौथो स्थान हासिल गरेको थियो ।

पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको फाइनल खेलमा भारतसँग पराजित हुँदै स्वर्ण जित्नबाट भने चुकेका छन् । भारतले उपाधी रक्षा गर्न सफल भएको छ ।

पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको महिला ह्याण्डबलको फाइनलमा आयोजक नेपाल ३६–२१ ले पराजित भयो ।

womenn handball 2

स्वर्ण विजेता भारतका लागि मोनिकाले सर्वाधिक १३ गोलको योगदान गरिन् । सोनिकाले टोलीका लागि ११ गोल गरिन् । निधि शर्माले टोलिका लागि ८ गोल थपिन् । कीपर निना शिल, दीपशिखा र प्रियङ्का ठाकुरले समान १/१ गोल जोडे ।

यता, घरेलु दर्शकको समर्थन पाएको नेपालको लागि भने बन्दना राईले सर्वाधिक ६ गोलको योगदान दिइन् । कबिता राईले आफ्नो नाममा टोलीका लागि ५ गोल जोडिन् । निषा राई र उमा राईले समान ३/३ गोल थपे । रञ्जना राईले २ गोलको योगदान दिइन् । कबिता राई र र शान्तिकला राईले समान १/१ गोल थपे ।

भारतकै गुहावटीमा भएको १२ औं संस्करणको ह्याण्डबलमा समेत भारतले स्वर्ण जितेको थियो । १२ औं संस्करणबाटै महिला ह्याण्डबल खेलले प्रवेश पाएको थियो ।

नेपालले सेमिफाइनलमा पाकिस्तानलाई  २२–२१ गोल अन्तरले पराजित गर्दे फाइनल यात्रा तय गरेको थियाे भने   नेपालले समुह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको थियो  ।  उद्घघाटन खेलमा नेपालले श्रीलंकालाई २९–१९ गोलले पराजित गरेकाे थियाे ।

बंगलादेशलाई कास्य

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को महिला ह्याण्डबलमा बंगलादेशले कास्य पदक जितेको छ । पोखरा रंगशालास्थित कभर्ड हलमा आइतबार विहान भएको तेस्रो स्थानको खेलमा पाकिस्तान माथि ३१–१५ गोलको नतिजा निकाल्दै बंगलादेशले कास्य पदक जितेको हो ।

भरतको गुहावटीमा भएको १२ औं सागको उपविजेता बंगलादेशले पाकिस्तानमाथि सहज जित निकालेको हो । १२ औं सागमा पाकिस्तान कास्य पदक बिजेता हो ।

प्हिलो हाफमा १७–५ ले अगाडि रहेको बंगलादेशले दोस्रो हाफमा १४ गोल गर्न सकेको थियो । पाकिस्तानले दोस्रो हाफमा १० गोल गर्न सकेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७