वर्षमान रोल्पाबाट प्रत्यक्षमा लड्ने, सभामुख ओनसरी समानुपातिकमा


१७ आश्विन २०७४, मंगलवार
Barsaman pun बर्षामान पुन

रोल्पा : माओवादी केन्द्रका प्रभावशाली नेता वर्षमान पुन अन्नत आगामी प्रतिनिधिसभा निर्वाचनमा रोल्पाबाट उम्मेदवार बन्ने भएका छन् । पुनलाई माओवादी रोल्पाको सोमबारको बैठकले सर्वसम्मत उम्मेदवार सिफारिस गरेको हो ।

Barsaman pun बर्षामान पुन

माओवादी केन्द्रका प्रदेश नम्बर ५ का इन्चार्ज पुनलाई प्रतिनिधिसभाका लागि रोल्पाबाट उम्मेदवार बन्ने सर्वसम्मत सिफारिस भएको माओवादी रोल्पाका संयोजक सुरेन्द्र थापा घर्तीले बताए ।

प्रदेश सांसदका लागि निर्वाचन क्षेत्र नं. २ मा सर्वसम्मत भए पनि १ मा दुईजना आकांक्षी देखिएकाले दुवैको नाम सिफारिस गरिएको संयोजक थापाले बताए । क्षेत्र नं. २ बाट दीपेन्द्र पुन सिजलको नाम सर्वसम्मत सिफारिस गरिएको छ । क्षेत्र नं. १ बाट सचिवालय सदस्य जोखबहादुर महरा र पोलिटब्युरो सदस्य कुलप्रसाद केसी सोनामलाई सिफारिस गरिएको छ ।

सिफारिस गरिएका उम्मेदवारको अन्तिम टुंगो भने प्रदेश वा केन्द्रले लगाउने छ । समानुपातिकतर्फ केन्द्रीय सांसदका लागि पूर्वमन्त्री जयपुरी घर्तीमगर र सभामुख ओनसरी घर्तीमगरलाई सिफारिस गरिएको छ

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७