बस दुर्घटनाका घाइते धनदोर्जे भन्छन्, ‘चालकले घुम्तीमा स्टेरिङ घुमाउनै सकेनन्’


२९ मंसिर २०७६, आईतवार
bus accident

सिन्धुपाल्चोक, २९ मंसिर । १४ जनाको ज्यान जाने गरी सिन्धुपाल्चोकमा आज (आइतबार) भएको बस दुर्घटनाले देश–विदेशका नेपालीलाई दुःखित बनाएको छ ।

नेपाल हुने गरेका यस्ता दुःखदायी सडक दुर्घटनाका खबरले घटनामा पर्नेका परिवार, आफन्तहरुलाई मात्र होइन देश–विदेशमा छरिएका नेपालीको मन रुवाउने गरेको छ । दोलखाको कालिञ्चोकबाट भक्तपुर फर्कदै गरेको बा ४ ख ४४६८ नम्बरको बस बिहान ७ बजेतिर मोडबाट पाँच सय मिटर तल सडकमा खस्दा १४ जनाको मृत्यु भएको छ भने १८ जना घाइते छन् ।

घाइते धेरैको अवस्था गम्भिर रहेको सिन्धुपाल्चोक प्रहरीले जानकारी दिएको छ । यहि बस दुर्घटनामा भाग्यले बाँचेका सिन्धुपाल्चोक जुगल गाउँपालिका–७ का धनदोर्जे तामाङले घटनाबारे यसरी जानकारी गराएका छन् । उनी अहिले सिन्धु बहार खाँडीचौर अस्पतालमा उपचारमा छन् ।

‘चालकले स्टेरिङ चाम्रो भयो भन्दैथे, घुम्तीमा घुमाउनै सकेनन्’

दोलखाको धार्मिक पर्यटकीयस्थल कालिञ्चोक घुमेर फर्किने क्रममा थियौं । बसमा धेरै सिन्धुपाल्चोक, जुगल गाउँगालिका–७ याङ्लाकोटका थियौं । हाम्रो घर सिन्धुपाल्चोक भए पनि भक्तपुर बस्दै आएका छौं । कालीञ्चोक दर्शनकै लागि शनिबार भक्तपुरबाट बस रिर्जभ गरेका आएका थियौ । कालिञ्चोक घुम्दा–घुम्दै अबेर भयो । राति सिन्धुपाल्चोकको मुडेमा आएर बास बस्यौं । आइतबार बिहानै भक्तपुर लागि हिंड्यौं ।

बसका चालक अलि माथिबाटै स्टेरिङ चाम्रो भयो भन्दै थिए । तलतिर अघि बढिरहँदा बसबाट लावर जलेको जस्तै गन्ध आइहेको थियो । हामीले ब्रेक जस्तै के गन्हायो भनेर गुरुजीलाई समेत सोध्यौं । गुरुजीले सडकका घुम्तीमा अलि बल लगाएर स्टेरिङ चलाई रहेको जस्तो हामीले अनुमान लगाइरहेका थियौ ।

घुम्तिमा पुगेपछि चालकले स्टेरिङ काट्न सकेनन्, सायद यसैले होला गुरुजीले स्टेरिङ घुमाउँदा घुमाउँदै बस घुम्तीबाट भिर खस्यो । बस बल्ड्याङ खाँदै सडकमा पुगेर बजारियो । बस कच्याककुचुक भयो । म कुच्चिएको बसभित्रबाट घिस्रिँदै बाहिर निस्कें । उद्धारकर्ताले तत्काल उपचारका लागि हिंडाएकाले दुर्घटनामा अरुलाई के भयो, कसो भयो भन्ने कुरा पत्तो भएन ।
प्रहरी भन्छ, ‘दुर्घटनाको कारण खोज्दैछौं’
सिन्धुपाल्चोक प्रहरीले बस दुर्घटना ब्रेक फेल भएर भएको हुनसक्ने अनुमान गरेको छ । मृत्यु भएकाहरुको विवरण खोज्ने सनाखत गर्ने र घाइतेको उद्धारको काम भइरहेको सिन्धुली प्रहरीले जनाएको छ । बस दुर्घटना भएको सडक फराकिलो र खाल्डाखुल्डी समेत नभएको ठाउँ भएकाले कसरी दुर्घटना भयो भन्नेबारेमा अनुसन्धान भइरहेको सिन्धुपाल्चोक प्रहरीका इन्स्पेक्टर गणेश खनालले बताएका छन् ।

मृत्तकको संख्या १४ पुग्यो, १८ घाइते
सिन्धुपाल्चोकमा बस दुर्घटना मृत्यु हुनेको संख्या १४ पुगेको छ । दुर्घटनामा १८ जना घाइते भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ 

sind
बस दुर्घटनाका घाइते धनदोर्जे तामाङ

बसका चालक अलि माथिबाटै स्टेरिङ चाम्रो भयो भन्दै थिए । तलतिर अघि बढिरहँदा बसबाट लावर जलेको जस्तै गन्ध आइहेको थियो । हामीले ब्रेक जस्तै के गन्हायो भनेर गुरुजीलाई समेत सोध्यौं । गुरुजीले सडकका घुम्तीमा अलि बल लगाएर स्टेरिङ चलाई रहेको जस्तो हामीले अनुमान लगाइरहेका थियौ ।

घुम्तिमा पुगेपछि चालकले स्टेरिङ काट्न सकेनन्, सायद यसैले होला गुरुजीले स्टेरिङ घुमाउँदा घुमाउँदै बस घुम्तीबाट भिर खस्यो । बस बल्ड्याङ खाँदै सडकमा पुगेर बजारियो । बस कच्याककुचुक भयो । म कुच्चिएको बसभित्रबाट घिस्रिँदै बाहिर निस्कें । उद्धारकर्ताले तत्काल उपचारका लागि हिंडाएकाले दुर्घटनामा अरुलाई के भयो, कसो भयो भन्ने कुरा पत्तो भएन ।
प्रहरी भन्छ, ‘दुर्घटनाको कारण खोज्दैछौं’
सिन्धुली प्रहरीले बस दुर्घटना ब्रेक फेल भएर भएको हुनसक्ने अनुमान गरेको छ । मृत्यु भएकाहरुको विवरण खोज्ने सनाखत गर्ने र घाइतेको उद्धारको काम भइरहेको सिन्धुली प्रहरीले जनाएको छ । बस दुर्घटना भएको सडक फराकिलो र खाल्डाखुल्डी समेत नभएको ठाउँ भएकाले कसरी दुर्घटना भयो भन्नेबारेमा अनुसन्धान भइरहेको सिन्धुपाल्चोक प्रहरीका इन्स्पेक्टर गणेश खनालले बताएका छन् ।

मृत्तकको संख्या १४ पुग्यो, १८ घाइते
सिन्धुपाल्चोकमा बस दुर्घटना मृत्यु हुनेको संख्या १४ पुगेको छ । दुर्घटनामा १८ जना घाइते भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

sindhu 1 1

दोलखा जिल्लाको कालिन्चोक मन्दिर दर्शन गरी काठमाडौंतर्फ फर्कदै गरेको बा ४ ख ४४६८ नम्बरको बस आइतबार बिहान सडकबाट ५०० मिटर तल खसेको थियो । घटनास्थलमा आठ महिला, तीन जना पुरूष, एक जना बालिका र दुई बालक गरी १४ जनाको शव फेला परेको हो प्रधान कार्यालयले जानकारी दिएको छ ।

प्रहरी चौकी लामोसाँघु, इलाका प्रहरी कार्यालय बाह्रबिसे र जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको टोलीले घटनास्थलमा भेटिएका १८ जनालाई उद्धार गरी उपचारका लागि धुलिखेलतर्फ पठाएको छ । मृतकहरूको सनाखत भइसकेको छैन । उक्त बस भक्तपुरबाट रिजर्व गएको पाइएको छ । मृतकहरू सिन्धुपाल्चकोक जुगल गाउँपालिका घर भई भक्तपुर डेरा गरी बस्ने प्रहरीले जनाएको छ ।

बस दुर्घटनाका घाइते धनदोर्जे भन्छन्, ‘चालकले घुम्तीमा स्टेरिङ घुमाउनै सकेनन्’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७