प्रभु बैंकले जावलाखेल युथ क्लबलाई प्रायोजन गर्‍यो


२९ मंसिर २०७६, आईतवार
prabhu

काठमाडौं, २९ मंसिर । प्रभु बैंकले ललितपुरको जावलाखेल युथ क्लवलाई प्रायोजन गरेको छ।

ललितपुरको भिभान्ता होटलमा आइतबार आयोजित एक कार्यक्रमका बीच प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र जावलाखेल युथ क्लवका अध्यक्ष महेन्द्र क्षेत्रीबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । प्रभु बैंकले जावलाखेल युथ क्लवलाई एक वर्षका लागि प्रायोजन गरेको हो ।

प्रायोजन भए वापत प्रभु बैंकले जावलाखेल क्लवलाई २५ लाख रुपैयाँ प्रदान गर्ने सहमति भएको छ। कार्यक्रममा बोल्दै प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले १ वर्षको प्रायोजन मात्र नभइ खेलाडीहरुको विमापनि गरिने प्रतिबद्धता जनाए। क्लवमा ३ जना विदेशी खेलाडी पनि छन् ।

आगामी लिगका लागि भारतको सिक्किमबाट एक जना खेलाडी ल्याउने प्रयास अन्तिम चरणमा पुगेको क्लवका अध्यक्ष महेन्द्र क्षेत्रीले बताए। क्लवल एपीएफका रुप बहादुर लामा, ब्रिगेड ब्याइजका दिन मोक्तान, पुलिस क्लवका सुरज घिमिरे र हरि कठायतलाई हालसालै अनुबन्ध गरेको छ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७