स्थायी नियुक्ति लिएका शिक्षकलाई तोकिएकै जिल्लामा हाजिर हुन निर्देशन


३० मंसिर २०७६, सोमबार
teacher

काठमाडौं, ३० मंसिर । शिक्षक सेवा आयोगबाट स्थायी शिक्षकका लागि सिफारिस भएका निम्न माध्यामिक शिक्षक उम्मेदवारलाई तोकिएकै विद्यालयमा हाजिर हुन निर्देशन दिइएको छ ।

पायक पर्ने ठाउँमा जिल्ला परिवर्तन गरि पाउँ भन्दै निवेदन दिएकाहरूलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रले तोकिएकै जिल्लाको विद्यालयमा हाजिर हुन निर्देशन दिएको हो ।

‘कुनै पनि उम्मेदवारको नियुक्ति सिफारिसको जिल्ला परिवर्तन नभएको हुँदा तोकिएको स्थानमा तुरून्न हाजिर हुनु हुन अन्यथा नियमानुसार हुने व्यहोरा सबैलाई जानकारी गराइन्छ,’ केन्द्रका निर्देशक रवीन्द्रकुमार बुढाप्रिथीले निकालेको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७