गरिमा विकास बैंकको नयाँ शाखा डुम्रेमा


७ पुष २०७६, सोमबार
garima 1

काठमाडौं, ७ पुस। गरिमा विकास बैंक लिमिटेडले बन्दीपुर गाउँपालिका डुम्रेमा नयाँ शाखा खुलेको छ ।

बन्दीपुर गाउँपालिका वडा नं १, डुम्रेमा डुम्रे शाखाको औपचारिक उद्घाटन बन्दीपुर गाउँपालिकाका अध्यक्ष पुर्ण सिंह थापाले गरेको हो । कार्यक्रममा बोल्दै विकास बैंकका सञ्चालक संजीव ढकालले त्यस क्षेत्रका ग्राहकहरुको बैंकिङ्ग आवश्यकता पुरा गर्ने तथा उद्यमशीलताको विकासमा सहयोग गर्ने विश्वास रहेको बताए ।

त्यसैगरी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले विकास बैंकले सदैव ग्राहकहरुको चाहना र सन्तुष्टिलाई केन्द्रमा राखेर उत्कृष्ट सेवा प्रवाह गर्न विकास बैंक सदैव प्रतिवद्ध रहेको र ग्राहकहरुले विकास बैंकप्रति देखाएको विश्वासले थप उर्जा प्राप्त भएको बताए ।

गरिमा विकास बैंकले काठमाण्डौं उपत्यका भित्र १० वटा शाखा सहित देशभर ९० शाखा, ५१ एटीएम र गरिमा रेमिटका करिब १०,००० एजेण्ट मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । विकास बैंकले २०७६ पौष ६गते सम्म ३६ अर्ब ७५ करोड निक्षेप संकलन गरी ३२ अर्ब ७५ करोड कर्जा लगानी गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७