कश्मीरमा मारिएका अर्जुनको सैनिक सम्मानसहित अन्त्येष्टि


१८ पुष २०७६, शुक्रबार
2k Shares
arjun thapa magarindiangurkhadeath 11 0312020090925 1000x0 1

बागडोगरा,पुस १८ । भारतको जम्मू-कश्मीरमा आतंकवादी हमलामा मारिएका भारतीय सेनामा कार्यरत नेपाली नागरिक अर्जुन थापामगरको शुक्रबार भारतकै पश्चिम बंगालस्थित बागडोगरा सैनिक क्याम्प परिसरमा उच्च सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

राइफलम्यान मगरको शव भारतीय सेनाको विशेष जहाजबाट बिहीबार साढे ४ बजे बागडोगरा ल्याइएको थियो। मगरका बुवा प्रेमबहादुर र श्रीमती सरिता लगायतका परिवार बिहीबारै बागडोगरा क्याम्पमा पुगेका थिए।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

बागडोगराको व्याङडुब्बी सैनिक टुकडीले करिव ५ सय मिटर शवयात्रा गरेको थियो। शवयात्रापछि भारतीय सेनाका ब्रिगेडियर अविश यादव र मेजर जेनेरल अरुणकुमार गुप्ताले मगरको शवमा माल्यार्पण गरेका थिए। मेजर जेनेरल गुप्ताले मगरको शवमा ओडाइएको भारतको राष्ट्रिय झण्डा अर्जुनका बुवा प्रेमबहादुर र श्रीमती सरितालाई हस्तान्तरण गरेका थिए।


७० वर्षीय प्रेमबहादुरले छोराको शवमा दागबत्ती दिएका थिए। सैनिकले मगरको सम्मानमा सलामी पनि दिएका थियो। गत बुधबार जम्मू–कश्मीरको रजौरी जिल्लाको सीमा क्षेत्र नौशेरामा भएको झडपमा भारतीय सेनामा कार्यरत २५ वर्षीय अर्जुन थापामगर र भारतीय नागरिक सावन्त सन्दीप रघुनाथको मृत्यु भएको थियो।

jagdamba.cement
rbbbb

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७