अनेरास्ववियुको एकता टुंगियो, को–को बने केन्द्रीय सदस्य ? (सूचीसहित)


१९ पुष २०७६, शनिबार
Ain Mahar and Ranjit Tamang

काठमाडौं, १९ पुस । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू)ले केन्द्रीय कमिटीको भागबन्डा टुंगो लगाएको छ ।


पार्टीको विद्यार्थी संगठनका इन्चार्ज हिमतमान शाक्य र सह इन्चार्ज बिनोद ढकालको उपस्थितिमा हिजो बेलुकी अबेरसम्म बसेको बैठकले ३३५ सदस्यीय केन्द्रीय कमिटी रहने गरी संगठनको एकता टुंग्याएको हो ।

जसमा तत्कालीन अनेरास्ववियुबाट १८० र अनेरास्ववियू (क्रान्तिकारी)बाट १५५ जना रहेका छन् । केन्द्रीय कमिटीमा १ सय ११ सदस्यीय सचिवालय र ४५ सदस्यीय स्थायी कमिटी गठन गर्ने निर्णय भएको अनेरास्ववियुले विज्ञप्तीमार्फत जनाएको छ ।

संगठनमा अनुशासन, लेखा र निर्वाचन आयोग गरी तीन वटा केन्द्रीय निकाय रहनेछन् । प्रत्येक आयोग अध्यक्ष र सचिवसहित २१ सदस्यीय हुने विज्ञप्तिमा उल्लेख छ ।

तत्कालीन नेकपा एमाले र माओवादी एक भए पनि विद्यार्थी संगठनको केन्द्रीय कमिटी हालसम्म टुंगो लाग्न सकेको थिएन । ऐन महर संयोजक र रञ्जित तामाङ सहसंयोजक तोकिएका थिए ।
हेर्नुहोस केन्द्रीय कमिटीको नामावली

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७