अष्ट्रेलियामा तीन नेपालीको मृत्यु


१९ पुष २०७६, शनिबार
1553739907Sydney Oper

काठमाडौं, १९ पुस । सिड्नीको बेरोरा क्षेत्रमा क्याम्पिङमा गएका दुई जना नेपाली नदीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ।

शुक्रबार साँझ पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु भएको हो। चितवनका विशाल सेढाइ र धादिङका रोशन छत्कुल्लीको निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

सिड्नीबाट तीन सय किमी टाढा अरेन्ज सहरमा बिहीबार अर्का एक नेपालीको पनि डुबेर मृत्यु भएको थियो। रूपेन तामाङको तलाउमा डुबेर मृत्यु भएको एनआरएन अष्ट्रेलियाले जनाएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७