सुनको मूल्यमा नयाँ कीर्तिमान, मुल्य कति ?


२० पुष २०७६, आईतवार
630 Shares
gold 1

 काठमाडौं,पुष २० । सुनको मूल्यले ऐतिहासिक कीर्तिमान कायम गरेको छ। आइतबार प्रतितोला सुनको मूल्य ७५ हजार ५ सय पुगेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ। नेपाली बजारमा यो अहिलेसम्मकै सबैभन्दा उच्च मूल्य हो। पछिल्लो केही दिनदेखि सुनको मूल्य बढिरहेको थियो।

गत बिहीबार छापावाल सुन प्रतितोला ७३ हजार ५ सय थियो। शुक्रबार १ हजार रुपैयाँ बढेर ७४ हजार ५ सय पुगेको सुनको मूल्य आइतबार पुन हजार रुपैयाँ बढेर उच्च मूल्य कायम भएको हो।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

यस्तै तेजावी सुनको मूल्य पनि प्रतितोला ७५ हजार २ सय रुपैयाँ पुगेको छ। महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले ईरान र अमेरिकाबीचको तनावको असर सुनको मूल्यमा देखिएको बताए।

यस्तै, भारतिय मुद्रा कमजोर भएर डलर महंगो पर्न गई सुनको भाउ वृद्धि भएको उनको तर्क छ।

jagdamba.cement
rbbbb

महासचिव बज्राचार्यले सुनको भाउ अझै बढ्नसक्ने जानकारी दिए। प्रतितोला चाँदीको मूल्य भने ९ सयमा कारोबार भइरहेको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७