सुलेमानी मारिएपछि इयूद्वारा इरानी विदेशमन्त्रीलाई ब्रसेल्स भ्रमणको निमन्त्रणा


२० पुष २०७६, आईतवार
357 Shares
iran foreign minister resigns

ब्रसेल्स, २० पुस (एएफपी) । अमेरिकी हवाई आक्रमणमा इराकको राजधानीमा इरानी विशेष सुरक्षा बलका प्रमुख जनरल कासिम सुलेमानी मारिएपछि खाडीमा देखिएको तनावबारे छलफलका लागि यूरोपेली संघ (इयू) ले इरानका विदेश मन्त्रीलाई ब्रसेल्स भ्रमणका लागि निमन्त्रणा गरेको छ ।  

इयूका विदेश नीति प्रमुख जोसेफ बोरेलले इरानी विदेश मन्त्री मोहम्मद जावेद जरिफलाई पछिल्लो विकसिशत घटनाक्रमबारे छलफलका लागि ब्रसेल्स आउन फोनमार्फत् आग्रह गरेको इयूद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

विज्ञप्तिमा भनिएको छ, “बोरेलले इरान तथा खाडी क्षेत्रबारे छलफलका लागि इरानी विदेश मन्त्री जरिफलाई निमन्त्रणा दिनुभएको छ ।”

यसैबीच इरानले आइतबार नै आफू सन् २०१५ को आणविक सन्धिबाट पाँचौँ कदम पछाडि हटेको बताएको छ ।
अमेरिकाले बहुपक्षीय सम्झौताबाट हट्दै इरानमाथि प्रतिबन्ध लगाएको बदलामा इरानले आफू पनि क्रमश आणविक सम्झौताबाट फिर्ता हुने बताउँदै आएको थियो ।

jagdamba.cement
rbbbb

‘आणविक सम्झौताबाट पाँचौ कदम पछि’

“सम्झौताबाट पछि हट्ने पाँचौँ कदमको बिषयमा निर्णयहरू यस पहिले नै भएका छन् तर वर्तमान् अवस्थालाई विचार गर्दा आइतबार हुने महत्वपूर्ण बैठकले पाँचौँ कदमको बिषयमा निर्णयहरूमा केही परिवर्तन गर्ने सम्भावना छ,” विदेश मन्त्रालयका प्रवक्ता अब्बास मौसवीले बताए ।

इरानका पवक्ताको यो भनाई आफ्नो देशका उच्च अधिकारी अमेरिकी आक्रमणमा इराकमा मृत्यु भएको दुई दिनपछि आएको हो ।

सन् २०१५ मा विश्वका शक्ति राष्ट्रहरूसँग इरानले गरेको सम्झौताबाट अमेरिका एकतर्फीरूपमा सन् २०१८ मा नै फिर्ता भएको थियो भने इरानले पनि उक्त सम्झौताबाट अमेरिका फिर्ता भएको अवस्थामा यसलाई मानेर अघि बढ्न सम्भव नहुने बताउँदै आउको छ ।

इरानलाई सम्झौताका अन्य पक्षहरूले सम्झौताबाट पछि नहट्न आग्रह गर्दै आएका

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७